साइबर क्राइमबारे सचेतना कार्यक्रम

  • Technology Khabar | २४ भाद्र २०८०, आईतवार
साइबर क्राइमबारे सचेतना कार्यक्रम

काठमाडौं ।

झापाको कनकाई नगरपालिका तथा शिवसताक्षी नगरपालिकाका बिद्यार्थीका लागि झाप सुरुङगामा एकदिने साइबर क्राइम र लागुऔषध दुव्यर्तनसम्बन्धी सचेतना दिइएको छ।

जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक यशोदा घलेले साइबर क्राइम कसरी हुन सक्छ र यसबाट बिद्यार्थीले कसरी बच्ने भन्नेबारेमा प्रशिक्षण दिँदै साइबर क्राइम र मलका कानुनी उपचारबारेमा प्रशिक्षण प्रदान गरेका थिए।

प्रहरी निरीक्षक घलेले साइबर क्राइमका विभिन्न घटनाका बारेमा बताउँदै मैक खाताबाट रकम चोरी, विभिन्न उपहार परेको भन्दै ठगी गर्नेदेखि लिएर साथी भनेर अस्लील भिडियो अपलोड गरिदिनेलगायतका घटना समाजमा बढिरहेको भन्दै साइबर चुनौतीका बारेमा प्रकाश पारे।

नेपाल रेडक्रस सोसाइटी तुरुगाको आयोजनामा भएको कार्यक्रममा लागुऔषध प्रयोग र यसका असरका बारेमा विशाल भट्टराईले प्रशिक्षण प्रदान गरेका थिए।

कार्यक्रममा यस क्षेत्रका विभिन्न विद्यालयका एक सय विद्यार्थीको प्रतिनिधिमूलक सहभागिता रहेको थियो। गोरखापत्रबाट

प्रकाशित: २४ भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार