
काठमाडौं ।
आईफोन १५ प्रो सिरिज अबको केही दिनमा नै रिलिज हुँदैछ। एप्पलले ‘सेप्टेम्बर १२’ मा आफ्नो कार्यक्रममार्फत आफ्नो बहु प्रतिक्षित फोन र नयाँ प्रोडक्टस् (उत्पादनहरू) अनावरण गर्ने उल्लेख छ।
सबैजना आगामी आईफोन १५ प्रो सिरिजको मूल्यको बारेमा पनि चासो दिईरहेका छन्। यतिखेर बजारमा आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स आफ्नो अघिल्लो पुस्ताको तुलनामा कम्तिमा पनि १०० अमेरिकी डलरले बढी महँगो हुने धेरै अफवाहहरू आएको र यस बारेमा सबैजनालाई थाहा पनि भएको उल्लेख गरिएको छ। यसै क्रममा ट्रेन्डफोर्सको पछिल्लो रिपोर्ट अनुसार स्ट्याण्डर्ड (मानक) प्रो मोडल किन्न चाहने प्रयोगकर्ताहरूले आत्तिनु नपर्ने उल्लेख छ।
सानो आईफोन १५ प्रो को मूल्य ९९९ अमेरिकी डलरबाट सुरू हुने
ट्रेन्डफोर्सको दाबी विश्वव्यापी आर्थिक मन्दी, मुद्रास्फीति र बढ्दो लागत जस्ता वित्तीय शब्दहरू यी दिनहरूमा धेरै सुन्ने गरिएका छन्। मूल्य वृद्धिको बारेमा समाचारहरूको संख्यामा पनि वृद्धि हुँदै गइरहेको छ।
यस नयाँ रिपोर्टअनुसार संयुक्त राज्य अमेरिकामा आईफोन १५ प्रो को मूल्य ९९९ अमेरिकी डलर हुने जनाइएको छ। सन् २०२३ को सेप्टेम्बर ८ मा प्रकाशित भएको प्रतिवेदनअनुसार आईफोन १५ प्रो म्याक्समा १०० अमेरिकी डलर मूल्य वृद्धिका साथ १,१९९ अमेरिकी डलर हुने उल्लेख गरिएको छ। आईफोन १५ प्रोमा ६.१ इन्चको ओएलईडी डिस्प्ले, ट्रिपल–लेन्स रियर क्यामरा सिस्टम र नयाँ ए१७ बायोनिक चिप रहने अपेक्षा गरिएको छ। साथै डिभाइसले ८ जीबी र्याम र १ टिबीसम्मको स्टोरेजलाई समर्थन गर्ने अपेक्षा गरिएको छ।
अर्कोतर्फ आईफोन १५ प्रो म्याक्समा भने ६.७ इन्चको ओएलईडी डिस्प्ले, क्वाड–लेन्स रियर क्यामरा सिस्टम र सानो मोडलकोरुपमा समान ए १७ बायोनिक चिप समावेश गरिने अपेक्षा गरिएको छ। डिभाइसले ८ जीबी र्याम र १ टिबीसम्मको स्टोरेजलाई पनि समर्थन गर्ने अपेक्षा गरिएको छ। यसअघि लन्च भएको आईफोन १४ प्रो मोडलहरूमा ६ जीबीको र्याम राखिएको छ।
प्रकाशित: २५ भाद्र २०८०, सोमबार