एप्पलका आईफोनहरुमा सन् २०२५ देखि आफैंले बनाएको फाइभजी मोडेम राखिने

  • Technology Khabar | २४ भाद्र २०८०, आईतवार
एप्पलका आईफोनहरुमा सन् २०२५ देखि आफैंले बनाएको फाइभजी मोडेम राखिने

काठमाडौं ।

एप्पलले आफ्नो उत्पादनहरूको लागि भनेर आफ्नै फाइभजी मोडेम विकास गर्ने कार्यमा जुटिरहेको यस अघि नै जानकारी भइसकेको छ।

प्रख्यात विश्लेषकहरूको नयाँ रिपोर्टले यो स्वामित्वको नेटवर्किङ्ग मोडेम सन् २०२५ सम्ममा आईफोनमा उपललब्ध हुन सक्ने संकेत गरेका छन्।

एप्पल फाइभजी मोडेम आईफोन एसई ४ मोडेलमा हुनसक्ने

एप्पलको बारेमा प्रख्यात विश्लेषक मिङ–ची कुओकाअनुसार कुपर्टिनो बेस्ड जायन्टले मोडेमका लागि अन्य कम्पनीहरूमा आफ्नो निर्भरता कम गर्न खोजिरहेको छ। आईफोन निर्माताले सन् २०१९ मा इन्टेलको मोडेम इकाई अधिग्रहण गरेको थियो र हाल फाइभजी मोडेमहरूका लागि क्वालकममा निर्भर रहेको छ।

तर विश्लेषकका अनुसार एप्पल अब आफ्नो सेल्फ–डेभलप्ड (स्व–विकसित) मोडेमहरूको लन्चको नजिक रहेको छ।

त्यसैगरी कम्पनीले सन् २०२५ सम्ममा आफ्नै मोडेमहरूमा सर्ने योजना बनाएको छ भन्दै कुओले थप उल्लेख गरेका छन्। अहिलेको अवस्थामा भने आईफोन १४ सिरिजले आईफोनहरूमा फाइभजी कनेक्टिभिटीको लागि क्वालकमको एक्स६५ मोडेम फिचर गरिएको छ।

नयाँ इन–हाउस फाइभजी मोडेमहरू आईफोन लगायत अन्य सेलुलर इनेबल्ड डिभाइस (सक्षम उपकरण) हरूमा प्रयोग गरिने छ। यस अघि नै मिङ–ची कुओले फाइभजी मोडेम फिचर गर्ने आइफोन एसई फोर्थ जेनरेशन (चौथो पुस्ता) पहिलो आईफोन हुने बताएका थिए।

यद्यपि, आपूर्ति श्रृंखला समस्याहरूको कारणले गर्दा कम्पनीले फाइभजी मोडेमको लागि ठूलो उत्पादन चुनौतीहरूको सामना गरेको बताइएको छ। त्यसैले अब एप्पलको फाइभजी नेटवर्किङ्ग टेकको लन्चका लागि २०२५ सम्म पर्खिनुपर्ने छ।

प्रकाशित: २४ भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार