गोप्रो हिरो १२ ब्ल्याक एक्शन क्यामरामा दुई गुणा ब्याट्री लाइफ, ब्लुटुथ अडियो रेकर्डिङ समावेश

  • Technology Khabar | २४ भाद्र २०८०, आईतवार
गोप्रो हिरो १२ ब्ल्याक एक्शन क्यामरामा दुई गुणा ब्याट्री लाइफ, ब्लुटुथ अडियो रेकर्डिङ समावेश

काठमाडौं ।

गोप्रोले गत बिहीबार आफ्नो नवीनतम एक्शन क्यामरा ‘हिरो १२ ब्ल्याक’ घोषणा गरेको छ। यस नयाँ एक्शन क्यामरा हिरो १२ ब्ल्याकमा आफ्नो पूर्ववर्ती हिरो ११ ब्ल्याकको तुलनामा थुप्रै स–साना सुधारहरू गरिएको जनाइएको छ। त्यसमध्ये सबैभन्दा उल्लेखनिय रुपमा सुधारिएको भनेको नयाँ एक्शन क्यामराको ब्याट्री लाइफ रहेको छ।

हिरो १२ को ५.३के६० रेकर्डिङ मोडमा क्यामराले एक पटकको सिङ्गल चार्जमा ७० मिनेट सम्मका लागि शूट गर्नसक्ने छ। यसको पूर्ववर्ती हिरो ११ ब्ल्याकले भने ३५ मिनेटसम्म मात्रै शूट गर्न सक्ने जनाइएको छ।

यद्यपी यी सबै सुधारहरु क्यामरा भित्र ठूलो ब्याट्री प्याक समावेश गरेर मात्रै नआएको र हिरो १२ मा १,७२० एमएएच ब्याट्री समावेश गरिएको यस नयाँ गोप्रोले ब्याट्री खपतमा केही नाटकीय सुधार गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

हिरो १२ बाट ५.३के३० मा शूट गर्दा यसको ब्याट्री मात्र १.५ घण्टा टिक्ने र १०८०पी३० मा भने २.५ घण्टा भन्दा बढी टिक्ने जनाइएको छ। साथै यो नयाँ गोप्रोमा ५.३के६०, ४के१२० र २.७के२४० सम्म जान सकिने छ।

त्यसैगरी नयाँ गोप्रो हिरो १२ ब्ल्याक एक्शन क्यामरामा ब्लुटुथ समर्थन समावेश गरिएको हुनाले ब्लुटुथ इयरबड वा हेडफोन मार्फत एकै समयमा अडियो रेकर्ड गर्न पनि सकिने छ। साथै यो सम्भवतः क्यामराको दोस्रो ठूलो थप रहेको उल्लेख छ।

यस नयाँ गोप्रोको तेस्रो थपको रुपमा म्याक्स लेन्स मोड २.० भएको जनाइएको छ। यसलाई अट्याच गर्नाले सामान्य १५६–डिग्रीको फिल्ड–अफ–भ्यूलाई निकै ठूलो ४के६० को १७७–डिग्रीमा लाने (गोप्रोका अनुसार, “इन्डिस्ट्री लिडिङ्ग”) छ। त्यस्का साथै यस नयाँ एक्शन क्यामरामा एचडीआर भिडियो र फोटोहरूको लागि सपोर्ट (समर्थन) पनि समावेश गरिएको छ। यस क्यामरामार्फत २७ मेगापिक्सेलको फोटोहरू र भिडियोहरूबाट भने २४.७ मेगापिक्सेलको स्टिल्स (तस्बिरहरु) खिच्न सकिने जनाइएको छ। आफ्नो पूर्ववर्ती जस्तै हिरो १२ पनि ३३फिट(१०मि.) सम्म वाटरप्रूफ भएको दाबी छ।

एमी अवार्ड जित्न सफल हाइपरस्मूथ ६.० र अटोबुस्टको साथ भिडियो स्टेबलाइजेसन प्रयोग गरेर सम्भव भएसम्मको वाइड (फराकिलो) शटहरू प्राप्त गर्न सकिने छ। बिल्ट–इन होराइजन लकले गर्दा क्यामरालाई पूर्ण ३६० डिग्री घुमाउँदा पनि होराइजन (क्षितिज) लेभललाई कायम राख्ने जनाइएको छ। यद्यपी यो ५.३के६०, ४के१२०, २.७के२४० र १०८०पी२४० मा भने उपलब्ध छैन्।

१० इन्चमा खुम्चने नयाँ एक्स्टेन्सन पोललाई ४८ इन्च सम्म लामो गरि विस्तार गरिएको बेला वाटरप्रूफ ब्लुटुथ शटर रिमोटले हिरो १२ लाई नियन्त्रण गर्न सजिलो बनाउने छ। साथै यो एक्स्टेन्सन पोल आगामी अक्टोबरमा उपलब्ध हुनेछ। गोप्रोको क्विक इडिटिङ्ग एप म्याक्सको लागि नोभेम्बरको सुरुमा उपलब्ध हुनेछ भने अर्को गर्मीबाट विन्डोज पीसीहरूका लागि पनि उपलब्ध गराइने जनाइएको छ।

गोप्रो हिरो १२ ब्ल्याक बिहीबारदेखि नै गोप्रो डट कम मा प्रि–अर्डरको लागि ३९९.९९ अमेरिकी डलर (४४९.९९ यूरो) मूल्यमा उपलब्ध छ। म्याक्स लेन्स मोड २.० को लागि ९९.९९ अमेरिकी डलर (१०९.९९ यूरो) मूल्य रहेको जनाइएको छ। साथै यसको रिलिज सेप्टेम्बर १३ मा हुने जानकारी दिईएको छ।

प्रकाशित: २४ भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार