एप्पल र चिप डिजाइनर एआरएमबीच दशकौं लामो साझेदारी

  • Technology Khabar | २२ भाद्र २०८०, शुक्रबार
एप्पल र चिप डिजाइनर एआरएमबीच दशकौं लामो साझेदारी

काठमाडौं ।

एआरएम र एप्पल बीचको सहकार्य बलियो हुँदै गइरहेको छ। एप्पलले लामो समयदेखि आफ्नो ए–सिरिज बायोनिक प्रोसेसरहरूमा एआरएम टेक्नोलोजीज (प्रविधिहरू) प्रयोग गर्दै आएको र यसलाई कम्पनीले आईफोनहरूमा प्रयोग गर्ने गरेको छ। यसै क्रममा एम–सिरिज प्रोसेसर्सको लन्चले सो सहकार्यलाई नयाँ स्तरमा पुर्याएको उल्लेख छ।

हालै दुई कम्पनीबीच नयाँ सम्झौतामा हस्ताक्षर भएको छ। एप्पलले एआरएमसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेको र सो सम्झौता “सन् २०४० भन्दा बढि समयको लागि बिस्तार हुने अपेक्षा गरिएको छ”।

नयाँ सम्झौता सन् २०४० सम्म

एप्पलले एआरएमसँग सन् २०४० भन्दा बढि समयको लागि विस्तार हुने नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ। एआरएमको आईपीओ फाइलिङमा खुलासा गरिएको यो सम्झौताको मूल्य अर्बौं डलर हुने अपेक्षा गरिएको छ।

कम्पनीका चिप डिजाइनहरू स्मार्टफोन र ट्याब्लेटदेखि ल्यापटप र सर्भरसम्मका विभिन्न डिभाइसहरूमा प्रयोग गरिन्छ। एप्पल एआरएमको सबैभन्दा ठूलो ग्राहकहरू मध्ये एक भएको कम्पनीले आफ्नो सबै आईफोन, आईप्याड र एप्पल वाच डिभाइहहरूमा एआरएमको चिपहरू प्रयोग गर्दै आएको छ।

नयाँ सम्झौताले एप्पल कम्पनीको फ्युचर प्रोडक्टस् (भविष्यका उत्पादनहरू) का लागि महत्वपूर्ण हुने एआरएमको नवीनतम चिप डिजाइनहरूमा एप्पलले पहुँच जारी राख्ने सुनिश्चित गरेको छ। यो सम्झौता एआरएमको मूल कम्पनी सफ्टबैंकको लागि पनि ठूलो जीत भएको उल्लेख छ। सफ्टबैंकले एनभिडियालाई एआरएम बेच्ने आशा गरेको थियो। तर सम्झौतालाई संयुक्त राज्य अमेरिका र युरोपेली संघका नियामकहरूले रोकेका थिए।

सफ्टबैंकले एआरएमको आईपीओ जारी गर्ने तयारीमा रहेको हुनाले एप्पलसँगको नयाँ सम्झौताले सफ्टबैंकलाई राजस्वकोरुपमा एक प्रमुख स्रोत दिने जनाइएको छ। सम्झौताका सर्तहरूको बारेमा भने खुलासा नगरिएको तर सम्भवतः एप्पलले एआरएमको प्रत्येक चिप प्रयोग गरेबापत महत्त्वपूर्ण रोयल्टी तिर्ने उल्लेख छ।

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार