
काठमाडौं ।
एप्पलको सबैभन्दा ठूलो आईप्याड प्रोमा १२.९ इन्चको डिस्प्ले रहेको छ। कम्पनीले भने हाल १४ इन्चको मोडलमा काम गरिरहेको अफवाहहरू रहे तापनि ब्लूमबर्गका मार्क गुरम्यानले भने अहिले एप्पलको प्रोडक्ट पाइपलाइनमा त्यस्तो कुनै प्रोडक्ट (उत्पादन) नभएको उल्लेख गरेका छन्।
१४–इन्च आईप्याड प्रो २०२३ लन्चको लागि विचार गरिएको तर अन्ततः यसलाई खारेज गरिएको गुरम्यानले थप जनाएका छन्। आईप्याड लाइनअपमा भएको ओएलईडी डिस्प्लेहरूको ट्रान्जिसनले गर्दा उक्त खारेज गरिएको र यसले ठूला ट्याब्लेट डिस्प्लेहरूमा धेरै उच्च लागतहरू निम्त्याउन सक्ने उल्लेख छ। यसको सट्टामा, ओएलईडी डिस्प्ले सहितको पहिलो आईप्याड प्रो मोडलहरू १३ इन्चमा टप आउट हुने अपेक्षा गरिएको छ भने सन् २०२४ को पहिलो भागमा बिक्रीमा जाने जनाइएको छ।
एप्पलले केही समयदेखि लार्जर (ठूलो) आईप्याडमा काम गरिरहेको अफवाह रहेको छ। सन् २०२२ को जनवरीको एक रिपोर्टमा मल्टिपल सप्लायर्स (बहु आपूर्तिकर्ताहरू) ले भविष्यका आईप्याड मोडलहरूका लागि एप्पललाई १५–इन्च ओएलईडी डिस्प्लेहरू आपूर्ति गर्न भनेर कारखानाहरू रूपान्तरण गरिरहेको उल्लेख गरिएको थियो। त्यसपछि, सन् २०२२ को जुलाईमा, डिस्प्ले विश्लेषक रोस यङ्गले एप्पलले डिभाइसको लागि एलसीडी डिस्प्लेमा स्विच गरेको भनी उल्लेख गरेका थिए।
त्यसैगरी एप्पलले १६–इन्चको आईप्याड पनि विकास गरिरहेको र त्यसलाई सन् २०२३ को अन्तमा रिलीज गर्न सकिने छ भन्ने थप अफवाहहरू पनि रहेको उल्लेख गरिएको छ। यद्यपि, यी सबै योजनाहरू खारेज भएको देखिएको जनाइएको छ।
विवादास्पद अफवाहहरूको बावजुद एप्पलले भविष्यमा ठूलो आईप्याड रिलिज गर्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ। सन् २०१८ देखि उपलब्ध भएका सबैभन्दा ठूला आईप्याडहरू भनेको ११–इन्च र १२.९–इन्च आईप्याड प्रोहरू हुन्। यद्यपी यिनीहरु अझै पनि १३.३–इन्च डिस्प्ले भएको सानो म्याकबुक, एम१ म्याकबुक एयर र एम२ म्याकबुक प्रो भन्दा सानो भएको जनाइएको छ। १२.९ इन्चको आईप्याड प्रो १३.३ इन्च म्याकबुकसँग मिल्दोजुल्दो भएको र अर्को वर्ष १३ इन्चमा वृद्धी गरिने अफवाह पनि रहेको हुनाले एप्पलले अन्ततः ठूलो आईप्याड मोडल रिलिज गर्ने जस्तो देखिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
प्रकाशित: २० भाद्र २०८०, बुधबार