आईफोन १५ को डमी मोडल अनलाइनमा देखियो, डमीमा कलर अप्सन्स र यूएसबी–सी पोर्ट प्रदर्शन

  • Technology Khabar | १६ भाद्र २०८०, शनिबार
आईफोन १५ को डमी मोडल अनलाइनमा देखियो, डमीमा कलर अप्सन्स र यूएसबी–सी पोर्ट प्रदर्शन

काठमाडौं ।

एप्पलले आधिकारिक रूपमा आफ्नो लन्च इभेन्ट (कार्यक्रम) आगामी सेप्टेम्बर १२ मा हुने घोषणा गरेको छ। आईफोन १५ सिरिज पनि सोही कार्यक्रममा घोषणा गरिने अपेक्षा गरिएको छ। साथै आईफोन १५ सिरिज लन्च हुनु अघि डमी आईफोन १५ को लाइभ ईमेज (प्रत्यक्ष छविहरू) अनलाइन देखा परेको छ।

सोन्नी डिक्सनको हालैको पोस्टले आईफोन १५ को डमी मोडेलको धेरै तस्बिरहरू प्रस्तुत गरेको उल्लेख छ। उक्त तस्बिरहरुमा आईफोन १५ मोडलहरूका पिंक, ग्रे, ब्ल्याक, ह्वाईट र ग्रीन (गुलाबी, खैरो, कालो, सेतो र हरियो) जस्ता विभिन्न कलर अप्सन्स (रङ्ग विकल्पहरू) देखिएको छ। साथै हालको यो विवरणहरु लन्च इभेन्टको बारेमा गरिएको अघिल्लो रिपोर्टसँग मिल्दोजुल्दो भएको जनाइएको छ।

त्यस्का साथै यस अघि नै एप्पल लोगो इन्भिटेसनले ब्ल्याक, ब्लू र ग्रे कलर्स (कालो, निलो र खैरो रङ्गहरू) मा संकेत गरेको भनी अनुमान गरिएको थियो। उक्त रङ्गहरू अब आईफोन १५ प्रो को अफवाहको भए तापनि रङ्ग विकल्पहरू हुनेछन् भनी गीज्मोचाइनामा उल्लेख छ।

सोन्नी डिक्सनका तस्बिरहरूले आईफोन १५ को लाइटनिङ पोर्टबाट यूएसबी–सी पोर्टमा सम्भावित स्विचको वरपर रहेका लीकहरूमा पनि प्रकाश पारेको छ। आईफोनहरूले धेरै समयको लागि लाइटनिङ पोर्ट प्रयोग गरेको जनाइएको छ। उक्त ट्वीटमा आईफोन १५ मोडेल यूएसबी–सी पोर्टको साथ देखिएको हुनाले कम्पनीले पूर्ण रूपमा यूएसबी–सी पोर्टमा स्विच गरिरहेको हुनसक्ने जनाइएको छ।

त्यसैगरी सम्बन्धित समाचारमा, ब्लूमबर्गको एक रिपोर्टले एप्पलले १२ सेप्टेम्बरमा यूएसबी–सी चार्जिङ्ग केस सहितको एयरपडहरू घोषणा गर्ने खुलासा गरेको जनाइएको छ।

प्रकाशित: १६ भाद्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...