ग्यालेक्सी जेड फोल्ड ५ को स्पेशल थम ब्राउन एडिशन ७ सेप्टेम्बरमा सार्वजनिक हुने

  • Technology Khabar | १४ भाद्र २०८०, बिहीबार
ग्यालेक्सी जेड फोल्ड ५ को स्पेशल थम ब्राउन एडिशन ७ सेप्टेम्बरमा सार्वजनिक हुने

काठमाडौं ।

गत हप्ता सामसङले ग्यालेक्सी जेड फोल्ड ५ को स्पेशल थम ब्राउन एडिशन टिज गरेको थियो। अहिले कम्पनीले ग्यालेक्सी जेड फोल्ड ५ स्पेशल थम ब्राउन एडिशन ७ सेप्टेम्बरमा सार्वजनिक हुने पुष्टी गरेको छ।

सामसङले एक्समा जेड फोल्ड ५ पोष्ट गर्दै यसको पुष्टी गरेको जीएसएरिनाले उल्लेख गरेको छ। यद्यपि यो सामसङको नियमित फोल्डेबल भर्सन जस्तो देखिन्छ।

थम ब्राउन डिभाइस सामान्यतया डिजाइनरको ट्रेडमार्क तीन रङ स्ट्रिपको साथ आउँछन्। उदाहरणका लागि जेड फ्लिप ३ र जेड फोल्ड३ भर्सन रहेको छ।

प्याकेजमा फोन मात्र उपलब्ध छ। यसअघि, ग्यालेक्सी जेड फोल्ड३ र जेड फोल्ड३ स्पेशल एडिशनमा केसका अतिरिक्त स्ट्र्यापसहित ग्यालेक्सी वाच र ग्यालेक्सी बडहरू पनि सबै मिल्दो स्ट्याल साथ बन्डल भएका थिए। चार्जर र केबलहरू जस्ता साना चीजहरू पनि रातो, सेतो र निलो पट्टीले सजाइएको थियो।

थम ब्राउन स्पेशल एडिशन छनौट गरिएको बजार र सीमित मात्रमा उपलब्ध हुनेछ। ग्यालेक्सी जेड फोल्ड५ भर्सन पनि उस्तै हुनेछ।

प्रकाशित: १४ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार