
काठमाडौं ।
एप्पलको फल लन्च इभेन्टको मिति आधिकारिक रुपमा सार्वजनिक भएको छ। क्युपर्टिनो–बेस्ड टेक जायन्टले आधिकारिक रूपमा आफ्नो अर्को ठूलो प्रोडक्ट लन्चको लागि निमन्त्रणा पठाएको उल्लेख गरिएको छ। कम्पनीले यसपटक पनि सेप्टेम्बर महिनको विशेष गरी दोस्रो मंगलबारमा हुँदै आएको आफ्नो फल इभेन्ट (कार्यक्रम) सञ्चालन गर्ने परम्परालाई निरन्तरता दिने उल्लेख गरिएको छ। साधैँ झै एप्पलले सो कार्यक्रममा अर्को पुस्ताका आईफोनहरू, वाच सिरिज, आईप्याडहरूका साथै थप अन्य प्रोडक्टहरु पनि अनावरण गर्ने अपेक्षा गरिएको छ।
एप्पल फल इभेन्ट कहिले हुँदै छ र इभेन्टबाट के आशा गर्ने?
यस वर्ष एप्पलको फल इभेन्ट (कार्यक्रम) लाई ‘वन्डरलस्ट’ भनिने जनाइएको छ। साथै यो कार्यक्रम आगामी सेप्टेम्बर महिनाको १२ तारिखका दिन मंगलबार बिहान १० बजे पीटी मा हुने सेट गरिएको छ। सो कार्यक्रम क्यालिफोर्नियाको क्युपर्टिनोको एप्पल पार्कमा रहेको आइकोनिक स्टीभ जब्स थिएटरमा हुने उल्लेख गरिएको छ। लन्च इभेन्ट (कार्यक्रम) लाई एप्पलको वेबसाइटका साथै तिनीहरूको आधिकारिक युट्युब च्यानलमा पनि प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ। एप्पलले साझा गरेको वन्डरलस्ट इभेन्ट इन्भिटेसन (कार्यक्रम निमन्त्रणा) मा कम्पनीको लोगोलाई ब्ल्याक, ब्लू र ग्रे (कालो, निलो र खैरो) रङ्गमा समावेश गरिएको उल्लेख छ। साथै यसले सम्भवतः आईफोन १५ प्रो को अफवाह रङ्ग विकल्पहरूलाई संकेत गरेको भनी उल्लेख गरिएको छ।
सामान्यतया नयाँ पुस्ताको आईफोन एप्पलको फल इभेन्टको हाइलाइट हुने गरेको छ। यो वर्ष पनि त्यसमा केही फरक नहुने र आईफोन ११ पश्चात आईफोन १५ सिरिज लाइनअपको सबै मोडेलहरूमा महत्त्वपूर्ण अपग्रेडहरू प्याक गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी यस अघि नै आगामी फ्ल्यागशिपहरूको बारेमा प्रशस्त लीक र अफवाहहरूले लगभग सबै कुराको खुलासा गरि सकेको उल्लेख छ। क्युपर्टिना–बेस्ड टेक जायन्टको फल इभेन्ट (कार्यक्रम) मा नयाँ पुस्ताको स्मार्टवाचहरूको आगमन पनि देखिने उल्लेख गरिएको छ। यस वर्ष एप्पल वाच सिरिज ९ र वाच अल्ट्रा २ प्राप्त गरिने भए तापनि वाच एसई ३ भने नआउने उल्लेख छ।
त्यस्का साथै एप्पलले आगामी वन्डरलस्ट इभेन्ट (कार्यक्रम) मा नयाँ पुस्ताको आईप्याड प्रो, र आईम्याक्सको पनि घोषणा गर्ने अपेक्षा गरिएको गीज्मोचाइनामा उल्लेख छ।
प्रकाशित: १३ भाद्र २०८०, बुधबार