
काठमाडौं ।
सामसङ ग्यालेक्सी जेड फोल्ड ३ र जेड फ्लीप ३ ले वान यूआइ ५.१.१ अपडेट प्राप्त गर्ने भएका छन्।
यस महिनाको मध्यतिर, सामसङले आधिकारिकरूपमा यसको पुरानो फोल्डेबलहरूमा वान यूआइ ५.१.१ को रोलआउट घोषणा गरेको हो।
ग्यालेक्सी जेड फोल्ड बाट सुरु गर्दै वान यूआइ ५.१.१ नयाँ ग्यालेक्सी जेड फोल्ड ५ र जेड फ्लीप ५ मा पठाइएको तथा यसले केही थप सुविधाहरू ल्याउने उल्लेख छ, जुन धेरै उपयोगी साबित हुन सक्नेछ।
सामसङले जेड फोल्ड ३ र जेड फ्लीप ३ लाई निश्चित समयमा वान यूआइ ५.१.१ मा अपडेट प्राप्त गर्ने वाचा गरेको बताइएको छ। युरोप र एशियामा रोलआउट सुरु भएको उल्लेख छ।
नयाँ डिभाइस फोल्ड ३ को लागि एफ ९ २६ बीएक्सएक्सयू ५ एफडब्ल्यूएच ५ तथा एफ फ्लीप ३ को लागि एप ७११ बीएक्सएक्सयू ६ एफडब्ल्यू रहेको बताइएको छ। अप्डेटको साथ, अगस्ट २०२३ सेक्यूरिटी प्याच लेबल तथा नयाँ सामानहरूको बन्च प्राप्त गर्न सकिने पनि उल्लेख छ।
फोल्ड ३ र फ्लीप ३ दुबैले भर्खरको स्क्रिनमा पप-अप दृश्यबाट स्प्लिट स्क्रिनमा स्विच गर्ने सजिलो तरिका तथा स्क्रिनको छेउमा स्न्याप गरिएका पप-अपहरू रिस्टोर गर्ने क्षमता, राम्रो एप प्रीभ्यू पाउने छ। त्यस्तै, एपहरूले फ्लेक्स मोड, तथा सुधारिएको फ्लेक्स मोड मिडिया कन्ट्रोलहरूको साथ कस्टमाइजेबल फ्लेक्स मोड टुलबार प्रयोग गर्न सक्ने बताइएको छ।
क्विक सेयर सुविधालाई सुधार गरिएको छ। जबकि सामसङ हेल्थले बेटर स्लीप कोचिङ, निद्राको समयमा स्कीनको तापक्रम मापन, साथै सुधारिएको आउट समरि, लक्ष्य, रिवार्ड्स र ब्याजेजहरू प्राप्त गर्नेछ।
क्यामेरा एपमा वाटरमार्कहरूका लागि थप मिति र टाइमस्टाइलहरू छन्।इन्हेन्सड रिमास्टर प्रीभ्यूहरू, इफेक्टहरू लागू गर्न सजिलो, तथा प्रायोगकर्ताले एक इमेजबाट अर्कोमा फिल्टर र टोनहरू कपी गरेर पेस्ट गर्न सक्नेछ।
सामसङ इन्टरनेटले केही लेआउट सुधार गरेको पनि बताइएको छ।डिभाइस केयरले मेमोरी म्यानेजमेन्टलाई इन्हान्स गरेको तथा माइ फाइल्सले एप क्याच जानकारी देखाउने उल्लेख छ।
फोल्ड ३ ले क्यामराको प्रो मोडहरूका लागि इन्हेन्स्ड फ्लेक्स मोड लेआउट, क्याप्चर भ्यूमा धेरै इमेजहरू चयन गर्ने नयाँ विकल्प, तथा उक्त एपको प्रीभ्यू हेर्न फ्लोटिङ एप आइकन माथि एस पेन होभर गर्न सकिने पनि बताइएको छ।
प्रकाशित: १६ भाद्र २०८०, शनिबार