
काठमाडौं ।
एप्पलले बृहत लन्च साइकलको लागि तयारी गरिरहेको छ भने उक्त लन्चमा कम्पनीले नयाँ पुस्ताको नोटबुक्स र स्मार्टफोनहरूको अनावरण गर्ने अपेक्षा गरिएको छ।
तर घोषणा अघि, एक नयाँ रिपोर्टले भने उक्त आगामी ग्याजेटहरूको लागि केही ढिलाइ हुन सक्छ भनी संकेत गरेको उल्लेख छ।
एप्पल एम३ म्याकबुक एयर र म्याकबुक प्रोको लन्चमा ढिलाई हुने
ब्लूमबर्गका मार्क गुरम्यानले हालै आफ्नो पावर अन न्यूजलेटरमा नयाँ म्याकबुक्सको बारेमा केही जानकारी साझा गरेका छन्। साथै सो प्रतिवेदनले एप्पलको इभेन्ट आगामी सेप्टेम्बर र अक्टोबरमा हुने भनेर भविष्यवाणी गरेको उल्लेख छ।
कुपर्टिनो बेस्ड जायन्टले आईफोनका लागि एक प्रमुख लन्च इभेन्ट आयोजना गर्ने भएतापनि म्याकहरूले भने सोही समानको आकर्षण नपाउन सक्ने सम्भावना रहेको छ। एम ३ म्याकबुक्सलाई एक साधारण प्रेस विज्ञप्तिका साथमा घोषणा गरिने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
मार्क गुरम्यानले आफ्नो न्यूजलेटरमा “इभेन्टको स्ट्रक्चर (संरचना) ले आईफोन १४ लन्चसँग मेल खाएको र कम्पनीको मुख्यालयमा एक कार्यक्रममा एक पूर्व रेकर्ड गरिएको भिडियो अनलाइन देखाइने भनेका छन्। त्यस्को साथै आगामी अक्टोबरमा अर्को एउटा लन्च पनि हुने र उक्त लन्च सम्भवतः पहिलो एम ३ म्याक्सको लागि हुने भएतापनि त्यसलाई औपचारिक इभेन्टको रूपमा राखिएको छ वा छैन भनी स्पष्ट नभएको उनले थप उल्लेख गरेका छन्।
यस अघि, एप्पलले एम२ मा आधारित म्याकबुक एयर र म्याकबुक प्रोलाई कुनै विशेष कार्यक्रमहरूमार्फत प्रस्तुत गरेको छैन्। त्यसैगरी, कम्पनीले २०१५, २०१७, २०१९, र २०२२ मा अक्टोबर लन्च कार्यक्रम छोडेको थियो।
त्यसैले गर्दा कम्पनीले आगामी एम३ म्याकबुक्सको लागि पनि सोही प्रकारको प्रवृत्ति पछ्याउन सक्ने अनुमान गरिएको छ।
प्रकाशित: १२ भाद्र २०८०, मंगलवार