कोर्नको नयाँ बजेटमैत्री स्मार्ट वाच नेपाली बजारमा, ब्लड अक्सिजन र हर्ट रेट मनिटरिङ्ग गर्ने सुबिधा

Technology Khabar १० भाद्र २०८०, आईतवार

काठमाडौं ।

चीनको मोबाईल एक्सेसोरीज निर्माणका क्षेत्रमा अग्रणी मानिएको ब्राण्ड कोर्नको आधिकारिक आयातकर्ता तथा बितरक केमियो इन्टरनेशनले CW8 MAX नामक स्मार्टवाच नेपाली बजारमा ल्याएको छ।

एप्पल वाच अल्ट्राको डिजाईन बाट इन्सपायर्ड यो CW8 MAX को युजर इन्टरफेस एण्डरोईड थिममा रहेको छ।

कम्पनीकाअनुसार आईफोन र एण्डरोईड दुवैमा कनेक्ट गर्न सकिने यो वाचको डिजाईन, विल्ड क्वालिटी, युजर इन्टरफेस र कम्फर्ट कहिं कतै सम्झौता गरिएको छैन। मेटल बडि भएको यो स्माट वाच झण्डै २ इन्च ठूलो एचडी डिस्प्ले को प्रयोग गरिएको छ।

रिअल टाइम हेल्थ मनिटरिङ्ग गर्ने क्षमता भएको यो स्मार्टवाच ब्लड प्रेसर मनिटरिङ्ग, ब्लड अक्सिजन मनिटरिङ्ग, हर्ट रेट मनिटरिङ्ग लगायतका सुविधाहरु प्रदान गरिएको छ भने यसले प्रयोगकर्ताको स्लिप मनिटरिङ्गको समेत सक्षमता राख्छ।

उच्च गुणस्तरीय ग्लास प्रयोग गरिएको यो स्मार्टवाच स्क्र्याच प्रुफ रहेको छ आईपी सिक्सटी सेभेन वाटर रेसिस्टेन्स रहेको छ। ब्लुटुथ कलिङ्गका साथमा एसएमएस अलर्ट, मिस्ड कल अलर्ट, म्युजिक कन्ट्रोल, क्यामरा कन्ट्रोल जस्ता विशेषताहरुले यसलाई स्माट वाच मात्र नभई एक उत्कृष्ठ र इन्डिपेन्डेन्ट ग्याजेटको रुपमा प्रयोग गर्न सकिने देखिन्छ।

यो स्मार्ट वाचमा ३०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ जसले एक पटकको चार्जिङ्गमा १५ दिनको ब्याकअप प्रदान गर्छ भने वायरलेस चाजिङ्ग तथा एनएफसी समेत भएको यो स्मार्टवाचमा ब्लुटुथ ५.० को प्रयोग गरिएको छ।

यसरी पछिल्ला पुस्ताका विशेषताहरु समावेश गरिएको यो स्मार्टवाचको प्रवेश सँगै नेपाली बजारमा कोर्नको ब्राण्ड भ्यालु थप वृद्धि हुनेमा निश्चिन्त रहेको कोर्नका आयातकर्ता केमियो इन्टरनेशनल प्रा. लि. का अध्यक्ष उपेन्द्र साहले बताए।

यो स्मार्ट वाचको अधिकतम खुद्रा विक्री मूल्य रुपैयाँ सात हजार पाँच सय तोकिएको छ भने यसमा एक बर्षको वारेन्टी प्रदान गरिएको छ।

यसैगरी कोर्नले CW8 MAX स्मार्टवाचको एक्सक्लुसिभ लन्च अगष्ट २९ मा अनलाईन सेल्स पोर्टल दराज डट कम मार्फत लन्च गर्ने भएको छ। कोर्नको आधिकारीक विक्रेता केमियो र दराज विच नेपाली बजारमा स्मार्टवाच तथा मोबाईल एक्सेसोरीज विक्री वितरणका लागि लामो समयदेखि सहकार्य हुँदै आएको मा यस पटक CW8 MAX स्मार्टवाचलाई विशेष अफरहरु सहित बजारमा ल्याउने भएको हो।

एक्स्कुलसिभ लन्चमा सहभागि मध्ये पहिला २० ग्राहकले जम्मा चार हजार नौ सय उनान्सय रुपैंयामा CW8 MAX स्मार्टवाच प्राप्त गर्नेछन् भने थप ८० ग्राहकहरुले पाँच हजार नौ सय उनान्सयमा CW8 MAX स्मार्टवाच किन्न सक्नेछन् ।

दराजमा CW8 MAX स्मार्टवाच सात हजार चार सय उनान्सय रुपैंयामा उपलब्ध हुनेछ । यसमा दराजमा विभिन्न अवसर तथा अफरहरुमा प्राप्त हुने भौचर तथा पेमेन्ट डिस्काउन्टहरु समेत प्रयोग गरि थप छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १० भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया