आईफोन १५ प्रोको नयाँ ‘टाइटन ग्रे’ कलरले ‘गोल्ड’लाई प्रतिस्थापन गर्ने

  • Technology Khabar | १० भाद्र २०८०, आईतवार
आईफोन १५ प्रोको नयाँ ‘टाइटन ग्रे’ कलरले ‘गोल्ड’लाई प्रतिस्थापन गर्ने

काठमाडौं ।

एप्पलको आगामी आईफोन १५ प्रोलाई अर्को महिनाको एक विशेष कार्यक्रममा अनावरण गरिने चर्चा रहेको छ। एप्पलको उक्त कार्यक्रम आगामी सेप्टेम्बर महिनाको १२ तारिखलाई तय गरिएको अनुमान छ यदपी यसको आधिकारिक जानकारी आईसकेको छैन्।

फ्रेममा स्टेनलेस स्टील प्रयोग गरेको आफ्नो पूर्ववर्तीको विपरीत आईफोन १५ प्रो (साथै प्रो म्याक्स) ले भने टाइटेनियम फ्रेम प्रयोग गर्ने अफवाह रहेको छ।

यसले स्पष्टरूपमा कम्पनीले प्रदान गर्न सक्ने कलरवेजलाई प्रभाव पार्नुका साथै गोल्ड र पर्पल (बैजनी) लाई क्रमशः टाइटन ग्रे र डार्क ब्लू (गाढा निलो) रङ्गहरुले प्रतिस्थापन गर्ने उल्लेख गरिएको छ। अपेक्षा गरिएअनुसार नयाँ टाइटन ग्रे ह्यु कस्तो देखिने छ भनेर रेन्डरको तस्बिर प्रस्तुत गरिएको छ।

हालै नाम भने नतोकिए तापनि एप्पलले विकास प्रक्रिया दौरान वर्किङ्ग टाईटल (कार्य शीर्षक)को रुपमा टाइटन ग्रे नाम प्रयोग गरिरहेको उल्लेख छ। नयाँ टाइटन ग्रे कलर सिल्भर (चाँदी) वा ह्वाईट (सेतो) भन्दा गाढा हुने तर स्पेस ब्ल्याक वा ग्रेफाइट भन्दा कम गाढा हुने जनाइएको छ।

एप्पलको नयाँ प्रो स्मार्टफोन लाइनअपमा डार्क ब्लू (गाढा निलो) फिनिशले पर्पल (बैजनी) लाई प्रतिस्थापन गर्नेछ। साथै आईफोन १५ र आईफोन १५ प्लस ब्ल्याक (कालो), ग्रीन (हरियो), ब्लू (निलो), एल्लो (पहेँलो) र पिंक (गुलाबी) रङ्गमा लन्च हुने अपेक्षा गरिएको जीएसएमएरिनामा उल्लेख छ।

प्रकाशित: १० भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार