
काठमाडौं ।
सामसङको आगामी फोन ग्यालेक्सी एस २३ एफ ईले ब्लुटुथ प्रमाणिकरण प्राप्त गरेको छ।
ब्लुटुथ एसआईजीले एसएम-एस ७११बी, एसएम -एस ७११ बी _डिएस , एसएम-एस ७११०, एसएम -एस ७११ यू १, एसएम -एस ७११ डब्ल्यू , र एसएम -एस ७११ यू मोडल कोडहरू भएको ६ ओटा सामसङ ग्यालेक्सी एस २३ एफ ई भेरियन्टहरूलाई प्रमाणित गरेको उल्लेख छ। यी संस्करणहरूको सूचीले तिनीहरू ब्लुटुथ ५.३ कनेक्सनको साथ आउने बताइएको छ।
सामसङ ग्यालेक्सी ‘एस २३एफ ई’को लीक रेन्डरहरूले स्मार्टफोन ग्यालेक्सी ए५४ सँग मिल्दोजुल्दो हुने खुलासा गरेको छ। डिभाइस एक्सिनोज २२०० चिपसेटको साथ गिकबेन्चमा देखिएको छ। यद्यपि, अमेरिकी भेरियन्टमा स्न्यापड्रागन ८ जेन १ चिप रहेको उल्लेख छ।
चर्चाअनुसार, ६.४ इन्च एएचडी प्लस १२० हर्ज डायनामिक एमोलेड प्लस स्क्रिनसहित ४,५०० एमएएच ब्याट्री, र २५ वाट वायर्ड चार्जिङ समावेश छ।
स्मार्टफोन ६ जीबी/८ जीबी र्याम, १२ जीबी/२५४ जीबी स्टोरेज र ओआईएसका साथमा ५० एमपी प्राथमिक, ८ एमपी अल्ट्रावाइड, १२ एमपी टेलिफोटो, र १० एमपी सेल्फी सहित आउने छ।
सामसङले ग्यालेक्सी एस २३, ग्यालेक्सी एस २३ प्लस, र ग्यालेक्सी एस २३ अल्ट्रा फेब्रुअरीमा अनावरण गरेको थियो। रअहिले ग्यालेक्सी एस २३ एफ ई सेप्टेम्बरमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
यद्दपी, सामसङले नयाँ ग्यालेक्सी एस २३ एफ ई को लन्च मिति पुष्टि गरिसकेको छैन।
प्रकाशित: ९ भाद्र २०८०, शनिबार