काठमाडौं ।
सामसङले ओडीसी निओ जी ९ घोषणा गरेको छ। गेम्सकम २०२३ मा आफ्नो फ्ल्यागशिप ५७ इन्च मोनिटर २४० हर्ज डुअल यूएचडी स्क्रिनको साथ कम्पनीले निओ जी ९ घोषणा गरेको हो।
यो नयाँ घुमाउरो गेमिङ मनिटरमा दुई फोरके डिस्प्ले भएको बराबरको ठूलो ५७ -इन्च अल्ट्रा-वाइड प्यानल फिचर गरिएको छ।
ओडीसी निओ जी ९ ५७ -इन्च जी ९५ एनसी सँग ७६८०x२१६० को रिजोल्युसन तथा १००० आर कर्भेचर भएको भीए-प्रकारको एलसीडी प्यानल रहेको बताइएको छ।
यो ३२:९ एस्पेक्ट रेसिओको बराबर डिस्प्ले दुईवटा ३८४० X २१६० प्यानलहरू छेउमा राखिएको छ। ५७ -इन्च साइज अल्ट्रा-वाइड एस्पेक्ट रेसिओको एक कारक रहेकाे तथा स्पष्टरूपमा अन्य एस्पेक्ट रेसिओहरूकाे डिस्प्लेसँग तुलना गर्न नसकिने उल्लेख छ।
मनिटरले यो विशाल रिजोल्युसनलाई समानरूपमा अविश्वसनीय २४० हर्ज रिफ्रेस दरको साथ समर्थन गर्छ। लगभग चार बिलियन पिक्सेल हरेक सेकेन्ड रिफ्रेस्ड भइरहेको उल्लेख छ। उच्च रिजोल्युसन तथा रिफ्रेस दर संयोजनलाई शक्ति दिन, जी ९५ एन सी डिस्प्लेपोर्ट २.१ र एचडीएमआई २.१ को संयोजनको साथ आउने बताइएकाे छ।
सामसङले यी कनेक्टरहरूको सही ब्यान्डविथ स्पेसिफाइ नगरेपनि १०० जीबीपीएस भन्दा बढी मोनिटरले समर्थन गर्ने उल्लेख छ।
सामसङ ओडीसी निओ जी९-५७ इन्च अमेरिकामा अक्टोबरदेखि २५०० अमेरिकी डलरमा उपलब्ध हुनेछ।
प्रकाशित: ८ भाद्र २०८०, शुक्रबार