सामसङ ग्यालेक्सी ट्याब ए९ सर्टिफाइड र बेन्चमार्कमा देखियो

  • Technology Khabar | ७ भाद्र २०८०, बिहीबार
सामसङ ग्यालेक्सी ट्याब ए९ सर्टिफाइड र बेन्चमार्कमा देखियो

काठमाडौं ।

सामसङ ग्यालेक्सी ट्याब ए९ सिरिजको बजेट ट्याब्लेट यस वर्षको चौथो त्रैमासमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

यसै क्रममा एफसीसी, वाई–फाई एलायन्स, ब्लुटुथ एसआईजी, सेफ्टीकोरियाका साथै भारतीय बीआईएस जस्ता सर्टिफिकेसन्सबाट सो ट्याबका केही स्पेक्सहरू बाहिरिएका छन्।
त्यसैगरी सेफ्टीकोरिया सर्टिफिकेसनबाट नयाँ तस्बिर प्राप्त भएको उल्लेख गरिएको छ। सो तस्बिरले ट्याब्लेटको अगाडिको भाग देखाउँदै फ्रन्ट–फेसिङ्ग क्यामरा बाहेक अन्य थप कुराहरु पनि प्रकट गरेको उल्लेख गरिएको छ। साथै यो एसएम–एक्स११५एन मोडल भएको र ग्यालेक्सी ट्याब ए९ हुने अपेक्षा गरिएको छ। अर्को मोडल नम्बर एसएम–एक्स२१६बी पनि देखा परेको र यो ग्यालेक्सी ट्याब ए९ प्लस हुने अपेक्षा गरिएको छ।

ग्यालेक्सी ट्याब ए९ मा १५ वाट चार्जिङ्गको साथ ५,००० एमएएच ब्याट्री प्याक रहने छ भने यसले २१०.७ एमएम लम्बाइ र १२४.७एमएम चौडाइ मापन गर्नेछ। ट्याबको पछाडि सिङ्गल क्यामराका साथै ३.५ एमएम अडियो ज्याक र एलटी, जीपीएस र ब्लुटुथ समावेश गरिने अपेक्षा गरिएको छ।

ग्यालेक्सी ट्याब ए९ प्लसको गीकबेन्च स्कोर हेर्दा यस ट्याब ए९ प्लसमा एड्रेनो ६१९ ग्राफिक्सको साथ स्न्यापड्रागन ६९५ चिप हुने उल्लेख गरिएको छ। त्यस्को साथै ४ जीबी र्याम र सम्भवतः वानयूआई ५.१ सहित एन्ड्रोइड १३ समावेश गरिने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रकाशित: ७ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...