रियलमी जीटी ५ आधिकारिकरूपमा अगस्ट २८ मा अनावरण गरिने

  • Technology Khabar | ५ भाद्र २०८०, मंगलवार
रियलमी जीटी ५ आधिकारिकरूपमा अगस्ट २८ मा अनावरण गरिने

काठमाडौं ।

रियलमीको नयाँ स्मार्टफोन जीटी ५ आधिकारिकरूपमा अगस्ट २८ मा अनावरण गरिने भएको छ। ब्रान्डले यसको वेइबो पृष्ठमा उक्त खुलासा गरेको हाे।

नयाँ फ्ल्यागशिप श्रृंखला उद्योगमा कम्पनीको पाँच वर्षको उत्सव हुने बताइएकाे छ। यद्दपी, जीटी ५ मात्र देखिने सम्भावना छ। प्रो संस्करण यसवर्ष पछि मात्र अनावरण गरिने अपेक्षा छ।

आगामी साता सोमबारको कार्यक्रमले नयाँ अडियो वेयरेबलहरू पनि प्रस्तुत गर्नेछ। रियलमी बड्स एयर ५ , बड्स एयर ५ प्रोको अझ किफायती संस्करण, जुन यस बुधबार भारतमा देखापर्ने समय तालिका छ।

रियलमीले जीटी ५ सँग स्न्यापड्यागन ८ जेन २ चिपसेट हुने बताइएकाे छ।  क्यामरा र एपियरेन्स-टिजरले फैलिएको क्यामरा आइल्याण्ड हुने सुझाव दिन्छ।

रियलमी बड्स एयर ५ मा ५० डीबी एक्टिभ न्वाइज क्यान्सिलेसन गर्ने सुविधा हुने उल्लेख छ। पोस्टरले ४,००० हर्ज यूडब्ल्यू आवाज घटाउने बारे पनि जानकारी दिन्छ।यो फ्रिक्वेन्सी ह्यूमन लिस्निङकाे दायरामा रहेकाे बताइएकाे छ। नयाँ बडहरूले वरपरको ध्वनिबाट मात्र आवाजहरू अलग गर्नेछन्।

प्रकाशित: ५ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार