स्वरोजगार बनाउन कम्प्युटर तालिम

  • Technology Khabar | ३२ श्रावण २०८०, बिहीबार
स्वरोजगार बनाउन कम्प्युटर तालिम
सांकेतिक तस्विर

काठमाडौं ।

यसअघि स्टेसनरी तथा विद्यालय पोसाक सहयोग पाउँदै आएका दुई ओटा गाउँपालिकाका विद्यार्थीलाई आधारभूत कम्प्युटर तालिम प्रदान गरिएको छ। विद्यालय शिक्षा हासिल गरेका ती विद्यार्थीलाई स्वरोजगार बनाउनका लागि तालिम प्रदान गरिएको हो।

कम्प्युटर आधारभूत तालिम प्राप्त गरेकी विद्यार्थी अनिता परियारले अत्यावश्यक रहेको कम्प्युटर शिक्षा प्राप्त गर्न सफल भएको र भविष्यमा काम गर्न सक्ने बाटोसमेत खुलेको बताईन्। ज्ञाननै नभएको विषयमा तालिम पाउँदा धेरै कुरा सिक्ने र काम गर्न सक्ने भएको बताउँदै उनले अब रोजगारीको समेत बाटो खुलेको बताईन्।

विद्यार्थीलाई आधारभूत कम्प्युटर तालिम प्रदान गर्न सहयोग गरेको गुड नेवर्स इन्टरनेसनल नेपालका जिल्ला संयोजक नारायणप्रसाद चौधरीले यसअधि वार्षिक रूपमा कार्यक्रमबाट स्टेसनरी र पोसाक सहयोग पाउँदै आएकामा हाल १८ वर्ष पुगेका कारण अब सो सहयोग नपाउने भएकाले भविष्यको मार्गप्रशस्त गर्नका लागि तालिम प्रदान गरिएको बताए।

यस वर्ष विद्यार्थीहरूले सहयोग पाउने समयावधि सकिएपछि उनीहरूलाई यो तालिमको व्यवस्था गरिएको हो। उनले स्रोतसाधनको कमीले गर्दा २३ जना विद्यार्थीलाई कम्प्युटर र १९ जनालाई जीवन उपयोगी सिपसम्बन्धी तालिम प्रदान गरिएको बताए। गोरखापत्रबाट

प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

CNIYEF successfully concludes its 8th Annual General Meeting

  • Technology Khabar
  • ३२ श्रावण २०८०, बिहीबार