भारतले ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने

  • Technology Khabar | ३२ श्रावण २०८०, बिहीबार
भारतले ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने

काठमाडौं ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल१ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ।

“सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमाआधारित भारतीय अभियान हुनेछ। उक्त स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको वातावरणमा यसको प्रभावको अध्ययन गर्न सातओटा उपकरण बोक्नेछ।

पृथ्वीबाट करिब १५ लाख किलोमिटरको दूरीमा रहेको सूर्य र पृथ्वीको ‘लाग्रान्ज प्वाइन्ट–१ (एल१)’ को चारैतिर ‘हलो कक्ष’मा पुग्न अन्तरिक्ष यानले पृथ्वीको करिब १०९ दिन लगाउने छ।

यसअघि नै अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुगिसकेको छ। चन्द्रयानलाई अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गराउने भारतीय वैज्ञानिकहरूको तयारी छ।

भारतले चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्यसहित प्रक्षेपण गरेको थियो। यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुक पुगेका छैनन्।

चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै पुगेका छन्। चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिस्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो।

प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार