आईफोन १५ को यूएसबी–सी ‘३एलडी३’ चिपसहित आउने, चार्जिङ्ग र डाटा ट्रान्सफरलाई सीमित गर्ने

  • Technology Khabar | ३१ श्रावण २०८०, बुधबार
आईफोन १५ को यूएसबी–सी ‘३एलडी३’ चिपसहित आउने, चार्जिङ्ग र डाटा ट्रान्सफरलाई सीमित गर्ने

काठमाडौं ।

एप्पलले आफ्नो आगामी आईफोन १५ लाइनअपको लागि यूएसबी टाइप–सी स्ट्याण्डर्डमा सिफ्ट गर्न लागेको बारेमा यसअघि नै जानकारीहरु आईसकेको छन्। यद्यपि, कम्पनीले आईफोन १५ लाइनअपमा सर्टिफाइड (प्रमाणित) डाटा केबल मात्र सही रूपमा समर्थित हुनेछ भनेर सुनिश्चित गरिरहेको देखिएको छ।

युरोपियन युनियनको नयाँ नियमहरूको पालना गर्दै क्युपर्टिनो बेस्ड जायन्टले आफ्नो अवस्थित लाइटनिङ्ग पोर्टबाट यूएसबी–टाइप सीमा रुपान्तरित हुने यसअघि नै थाहा भइसकेको छ।

यसै क्रममा ज्ञात टिपस्टर माजिन बुले आगामी आईफोन १५ को केहि चार्जिङ्ग कम्पोनेन्टहरू देखिने तस्बिरहरू साझा गरेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ। साथै सो तस्बिरहरूमा नयाँ चिपसेट देख्न सकिने र त्यसलाई ३एलडी३(3LD3) चिपको रूपमा लेबल गरिएको उल्लेख छ।

कम्पोनेन्टले सम्भवतः आगामी आईफोन १५ मोडलहरूलाई एप्पल–सर्टिफाइड केबल र अन्य तेस्रो–पक्षीय एडेप्टरहरू बीच भिन्नता पहिचान गर्न र भेरिफाई गर्न अनुमति दिनेछ। भेरिफिकेसन प्रोसेस (प्रमाणिकरण प्रक्रिया) बाहेक, ब्रान्डले यो चिपको साथ केहि कार्यक्षमताहरू सीमित गर्ने योजना पनि बनाइरहेको हुनसक्ने उल्लेख गरिएको छ। अर्को ज्ञात टिपस्टर श्रीम्पएप्पलप्रोले थर्ड–पार्टी केबलहरूमा डाटा र चार्जिङ्ग गतिमा सीमितताहरू हुने दाबी गरेको छ।

नन्–सर्टिफाइड (गैर–प्रमाणित) केबलहरूले नयाँ पोर्ट चेन्जेजको पूर्ण लाभहरू प्रदान नगर्ने उल्लेख छ। एप्पलले अर्को महिना नयाँ आईफोन १५ सिरिजलाई नयाँ ए१७ बायोनिक, पातलो बेजल, टाइटेनियम फ्रेम र उच्च मूल्य ट्यागको साथ लन्च गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ३१ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार