सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा अपग्रेडेड स्क्रिनका साथ आउने

  • Technology Khabar | ३० श्रावण २०८०, मंगलवार
सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा अपग्रेडेड स्क्रिनका साथ आउने

काठमाडौं ।

सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा अपग्रेडेड स्क्रिनका साथ आउने भएको छ। आइस युनिभर्सले एस २४ अल्ट्रा अपग्रेड गरिएको स्क्रिनका साथ आउने दावी गरेका हुन्।

गत हप्ता, टिपस्टर आइस युनिभर्सले अर्को वर्षको सामसङ ग्यालेक्सी एस २४ अल्ट्राले ५० एमपी ३ एक्स टेलिफोटो क्यामरा फिचर गर्ने बताएका थिए। हाल यसले १/२.५२ इन्च सेन्सर प्रयोग गर्ने दाबी गरेका छन्।

सेन्सरको साथमा,सामसङले राम्रो ५ एक्स जुम इमेज गुणस्तर प्राप्त गर्नुपर्ने भएकाले ग्यालेक्सी एस २३ अल्ट्राबाट ३ एक्स टेलिफोटो एकाइ एस २४ अल्ट्रामा ५ एक्स टेलिफोटो क्यामराको साथ प्रतिस्थापन भएको चर्चा थियो।

सामसङले १० एमपी ३ एक्स टेलिफोटो एकाइबाट अपग्रेड गरिरहेका बेला, आइस युनिभर्सले कोरियाली ब्रान्डले २०० एकपी  प्राथमिक क्यामरा र १२ एमपी सेल्फी क्यामरा जस्तै एस २३ अल्ट्राबाट १० एमपी १० एक्स पेरिस्कोप क्यामरा प्रयोग गर्न जारी राख्ने उल्लेख गरेका छन्।

सामसङले एस २४ अल्ट्रामा एस २३  अल्ट्राबाट १२ एमपी  अल्ट्रावाइड एकाइ पुन: प्रयोग गर्नेछ या छैन भन्ने बारे भने जानकारी छैन।

प्रकाशित: ३० श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...