एप्पलको आईफोन १५ को कार्यक्रम अब आगामी सेप्टेम्बर १२ मा हुने

  • Technology Khabar | २६ श्रावण २०८०, शुक्रबार
एप्पलको आईफोन १५ को कार्यक्रम अब आगामी सेप्टेम्बर १२ मा हुने

काठमाडौं ।

ब्लूमबर्गका मार्क गुरम्यान र ९टु५म्याक नजिकका स्रोतहरूका अनुसार, एप्पलले हाल आफ्नो आईफोन १५ को इभेन्ट मिति तय गर्नको लागि सेप्टेम्बर १२/१३ मा निर्णय गर्ने भएको रिपोर्ट आएको छ।

यद्यपि, सेप्टेम्बर १२ मा सो कार्यक्रम हुने अधिक सम्भावना रहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

त्यस मध्ये जानकारीको एक स्रोत एप्पलको क्यारियर पार्टनर्स (साझेदारहरू) भएको उल्लेख छ। आन्तरिक इमेलहरूले “मेजर स्मार्टफोन अनाउन्समेन्ट” को कारणले गर्दा कर्मचारीहरूलाई बुधबार, सेप्टेम्बर १३ मा टाइम अफ (छुट्टि) नलिन भनेर निर्देशन दिएको उल्लेख छ। अर्कोतर्फ, गुरम्यानले सेप्टेम्बर १२ मा हुनसक्ने संभावना भएतापनि अवस्थाहरूमा अझै पनि परिवर्तन हुन सक्ने औंल्याए।

उक्त इभेन्ट एप्पलको सामान्य हाइब्रिड ढाँचामा हुनेछ, अर्थात सो कार्यक्रममा महामारीको सम्झना गराउने केही पूर्व–रेकर्ड गरिएका भिडियोहरू हुनेछन् भने धेरैजसो लाइभ प्रस्तुतिकरणहरू समावेश हुने उल्लेख गरिएको छ।

साथै एप्पलको क्याम्पसमा प्रत्यक्ष दर्शकहरूले नयाँ आईफोन १५ लाइनअपको अनुभवका पाउने छन्।

प्रकाशित: २६ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

U.S. FAA authorizes SpaceX Falcon 9 rocket return to flight

  • २६ श्रावण २०८०, शुक्रबार

China launches BeiDou-based satellite short messaging service for emergency needs

  • २६ श्रावण २०८०, शुक्रबार

EU tells TikTok to change ‘addictive’ design

  • २६ श्रावण २०८०, शुक्रबार