गुगलको आगामी पिक्सेल ८ र पिक्सेल ८ प्रो संस्करणका विशेषताहरु लीक

  • Technology Khabar | २४ श्रावण २०८०, बुधबार
गुगलको आगामी पिक्सेल ८ र पिक्सेल ८ प्रो संस्करणका विशेषताहरु लीक

काठमाडौं ।

गुगलको आगामी पिक्सेल ८ र पिक्सेल ८ प्रो स्मार्टफोन संस्करणका विशेषताहरु लीक भएका छन्।

पिक्सेल ८, यसको  पूर्ववर्ती जस्तै १२८ जीबी वा २५६ जीबी भण्डारणको साथ आउने बताइएको छ। इन्ट्री -लेबल  मोडलको लागि २५६ जीबीको आशा गर्नेहरू निराश हुने तथा पिक्सेल ८ ‘लिकोराइस, पेओनी र हेज’ तीन रंगमा उपलब्ध हुने बताइएको छ।

त्यस्तै, ठूलो पिक्सेल ८ प्रो, तीन भण्डारण संस्करणहरूसहित उपलब्ध हुनेछ। यसमा १२८जीबी /२५६ जीबी कम्बोमा थपिएकोमा नयाँ ५१२ जीबी हुने उल्लेख छ। यो पनि लिकोरिस, पोर्सिलेन तथा स्काई नामक तीन रंगमा उपलब्ध हुने बताइएको छ।

अघिल्लो लीक र चर्चाका अनुसार पिक्सेल ८ पिक्सेल ७ लन्च भएको बेला भन्दा धेरै महँगो हुने उल्लेख छ। यसमा इम्बेडेड अल्ट्रासोनिक फिंगरप्रिन्ट रिडरसहितको ६.१७ इन्चको १०८०x२४०० १२० हर्ट्जको डिस्प्ले, नयाँ सामसङ आइएसओसीइएलएल जीएन २ सेन्सरसहितको ५० एमपी मुख्य क्यामरा, पूर्ववर्ती जस्तै १२ एमपी अल्ट्रावाइड र ११ मेगापिक्सेल सेल्फी क्यामराहरू हुनेछन्।

२४ वाट वायर्ड र १२ वाट वायरलेस चार्जिङको समर्थन तथा अर्को पुस्ताको टेन्सर चिपसेट रहने बताइएको छ।

पिक्सेल ८ प्रोले ६.७-इन्च १३४४x२९९२ पिक्सेलका साथमा १२० हर्ज स्क्रिनसहित  पिक्सेल ८ को जस्तै चिपसेट, नयाँ मुख्य क्यामरा, नयाँ ६४ एमपी अल्ट्रावाइड, साथै पिक्सेल ७ प्रोबाट उही ४८ एमपी टेलिफोटो र ११ एमपी सेल्फी क्यामराहरू प्राप्त गर्ने पनि बताइएको छ।

पिक्सेल ८ र पिक्सेल ८ प्रो कम्पनीको सामान्य टाइमलाइनअनुसार अक्टोबरमा मात्र घोषणा हुनसक्ने छ।

प्रकाशित: २४ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार