
काठमाडौं ।
अडीले सन् २०२५ मा आरएस६ सेडान पुनः प्रस्तुत गर्ने भएको छ। पुनरागमनको तयारिमा रहेको उक्त आरएस६ सेडान यस पटक भने पूर्णरुपमा इलेक्ट्रिक हुने उल्लेख छ।
ल्यामबोर्गीनी गाईआरदोको जस्तै शक्तिशाली भी१० इन्जिन भएको आरएस६ सेडान पछिल्लो पटक १५ वर्ष अघि आएको थियो। अब आउने नयाँ इलेक्ट्रिक संस्करण अझ थप शक्तिशाली हुने अपेक्षा गरिएको छ।
ए६ ई–ट्रोन रिलीज भएको एक वर्ष पछि अर्थात सन् २०२५ मा उक्त नयाँ इलेक्ट्रिक आरएस६ उपलब्ध हुने अटोकारले उल्लेख गरेको छ।
परीक्षणको क्रममा देखिएको आरएस६ ईभी आफ्नो पुरानो ग्यास मोडल भन्दा अझ बलियो भएको विश्वास गरिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
३ सेकेन्डमा ० देखि ६० माइल प्रति घण्टाको गति लिन सक्ने
यस नयाँ आरएस६ ले फोक्सवागन समूहको प्रिमियम प्लेटफर्म इलेक्ट्रिक (पीपीई) चेसिस भनिने नयाँ इलेक्ट्रिक फ्रेमवर्क प्रयोग गर्नेछ। साथै उक्त पीपीई चेसिस प्रयोग गर्ने पहिलो कार भने पोर्श म्याकन ईभी हुनेछ जुन यस वर्षको अन्त्यमा आउनेछ।
सन् २०२१ मा देखाइएको ए६ ई–ट्रोनले फुल चार्जमा ४३५ माइल ड्राइभिङ रेन्ज प्रदान गर्ने उल्लेख गरिएको छ। साथै पुराना अडी इलेक्ट्रिक कारहरूबाट उक्त कदम निकै ठूलो भएको उल्लेख गरिएको छ। त्यसका साथै, केवल १० मिनेटमा नै १८६ माइल दायरा प्राप्त गर्न सकिने यस ईभी निकै छिटो चार्ज हुने बताईएको छ।
ए६ ई–ट्रोनमा दुईवटा मोटरहरू समावेश रहेको र मात्र ४ सेकेन्डमा ०–६० माइल प्रति घण्टामा जान सक्नेछ। त्यसैगरी एक सरल रियर–व्हील–ड्राइभ मोडल पनि आउने भएकोछ। ७०० भन्दा बढी एचपी र ३ सेकेन्ड भन्दा कम समयमा ०–६० माइल प्रति घण्टा हिट गर्दै आरएस६ मोडल अझ फास्टर (छिटो) हुने अपेक्षा गरिएको छ। अडीले इलेक्ट्रिक कार बजारमा कडा प्रतिस्पर्धाको सामना गर्न तयारी गरिरहेको उल्लेख छ।
प्रकाशित: २३ श्रावण २०८०, मंगलवार