गत आवमा साइबरजन्य अपराध गर्ने ५ हजार ९०५ जना कारबाहीमा

  • Technology Khabar | २१ श्रावण २०८०, आईतवार
गत आवमा साइबरजन्य अपराध गर्ने ५ हजार ९०५ जना कारबाहीमा

काठमाडौं ।

गत आर्थिक वर्ष २०७९/०८० साइबजर जन्य अपराध गर्ने ५ हजार ९०५ जना कारबाहीमा परेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा प्राप्त निवेदन, विभिन्न श्रोतबाट प्राप्त सूचना र खुला स्रोत (ओपन सोर्स इन्टेलिजेन्स) का माध्यमद्वारा प्राप्त उजुरीहरूको प्राविधिक विश्लेषण र अनुसन्धान गरी ५ हजार ९०५ जनालाई कारबाही गरिएको साइबर ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिए।

कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसै प्रति घृणा वा द्वेष फैलाउने कार्य गर्नेलाई कारबाही गरिएको हो।

यस्तै, विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने” जस्ता कार्यमा संलग्नलाई कारबाही गरिएको हो। उनीहरुलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गरिएको हो।

प्रकाशित: २१ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार