सोनीलिभको प्रिमियम सदस्यता महँगियो, मूल्य २०० प्रतिशतसम्म बढ्यो

  • Technology Khabar | २१ श्रावण २०८०, आईतवार
सोनीलिभको प्रिमियम सदस्यता महँगियो, मूल्य २०० प्रतिशतसम्म बढ्यो

काठमाडौं ।

सोनीलिभ (SonyLIV) ले यसको प्रिमियम सदस्यताको नयाँ मूल्यहरू प्रकट गरेको छ। तपाईंले अब यस ओटीटी प्लेटफर्मको मासिक सदस्यताको लागि भारु २९९, यस्तै ६ महिनाको सदस्यताको लागि भारु ६९९ र वार्षिक सदस्यताको शुल्क अब भारु ९९९ तिर्नुपर्नेछ।

सोनीलिभ प्रिमियमको बढेको मूल्यहरू सोनीलिभले बिहीबार नयाँ अवतारमा लन्च गरेसँगै लागू भएको छ। सोनीलिभ एप र वेबसाइट दुवैले एउटा फेसलिफ्ट पाएका छन्, जसले स्ट्यान्ड-अप कमेडियन वीर दास, राष्ट्रिय पुरस्कार विजेता लेखक-निर्देशक हंसल मेहता र सेन्ट्रल फ्लोरिडामा बिकमिङ ए गड जस्ता अमेरिकी टिभी कार्यक्रमहरूबाट नयाँ शृङ्खलाहरू ल्याउने समाचारहरुमा उल्लेख छ।

बुधवार राति ११:५९ बजेसम्म यो सोनीलिभ सदस्यताको मूल्य प्रति महिना ९९ भारतीय रुपैयाँ, ६ महिनाको मूल्य २९९ रुपैयाँ र एक वर्षको मूल्य ४९९ भारतीय रुपैयाँ थियो।

तर अब सोनीलिभ प्रिमियम प्लान सदस्यताको मासिक मूल्य २०० प्रतिशतले बढाइएको छ भने ६ महिनाको मूल्य १३४ प्रतिशत र १ वर्षको मूल्यमा १०० प्रतिशतले वृद्धि भएको छ। मूल्यवृद्धि उच्च स्तरमा भएको छ।

यसका साथमा सोनीलिभले विभिन्न भारतीय सिरिजहरु तथा भारतीय सिनेमा पनि लन्च गर्ने तयारी गरेको छ।

सोनीलिभले भारतीय बजारमा मूल्य बढाएसँग यसको असर नेपालमा पनि पर्नेछ। नेपाली बजारमा पनि सोनीलिभको सदस्यता सेवा उपलब्ध रहेको छ।तर हाल नेपाली ओटीटी नीतिका कारण सो सेवा अवरुद्ध भएको छ।

प्रकाशित: २१ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...