शुक्र ग्रहमा एक हजार मान्छे पठाउन चाहन्छन् टाइटन पनडुब्बी निर्माता कम्पनीका सह-संस्थापक

  • Technology Khabar | २१ श्रावण २०८०, आईतवार
शुक्र ग्रहमा एक हजार मान्छे पठाउन चाहन्छन् टाइटन पनडुब्बी निर्माता कम्पनीका सह-संस्थापक
शुक्र ग्रह। तस्बिरः नासा।

काठमाडौं ।

के तपाईँलाई टाइटन पनडुब्बी याद छ? यसै वर्षको जुन १८ मा टाइटन पनडुब्बी पानीमुनि विस्फोट हुँदा हराएको थियो। त्यसमा ५ जना यात्रु सवार थिए। ती टाइटानिक जहाजको भग्नावशेष हेर्न सबैजना समुन्द्रमा ओर्लिएका थिए।

टाइटन पनडुब्बी कम्पनी ओशियनगेटका सह-संस्थापक, गुइलेर्मो सोहनेलेइन (Guillermo Söhnlein,) अब नयाँ लक्ष्य हेर्दैछन्। उनको योजना सन् २०५० सम्ममा शुक्र ग्रहको वायुमण्डलमा बस्नका लागि १ हजार मानिस पठाउने छ।

बिजनेस इनसाइडर रिपोर्ट गरेअनुसार सोहनेलेइन भन्छन् कि यो योजना महत्वाकांक्षी छ, तर उनी सोच्छन् कि यो सन् २०५० सम्म सम्भव छ। सोहनेलिनले आफ्नो लक्ष्यलाई इलन मस्कको ट्वीटसँग तुलना गरे। जनवरी २०२० मा मस्कले सन् २०५० सम्ममा १० लाख मानिसलाई मंगल ग्रहको सतहमा ल्याउने आफ्नो लक्ष्य रहेको बताएका थिए।

उनले भने, ‘ओशियनगेटलाई बिर्सनुहोस्। टाइटन बिर्सनुहोस्। स्टकटन बिर्सनुहोस्।’ मानिसलाई शुक्रमा पठाउनु सोहनेलिनको ओशनगेटको उद्देश्य होइन। उनले ह्यूमन्स२भेनस (Humans2Venus) प्रोजेक्ट मार्फत लामो समयदेखि यसका लागि काम गरिरहेका छन्।

सन् २०२० मा उनले ह्यूमन्स२भेनस सुरु गरेका थिए। उनी यसको संस्थापक र अध्यक्ष हुन्। सोहनेलाइनको मिशन मानिसलाई शुक्रको वायुमण्डलमा पुर्याउनु छ। तर यो कसरी हुनेछ? यसको उत्तर अझै आएको छैन। स्मरण रहोस् वैज्ञानिककाअनुसार शुक्रको वातावरण धेरै तातो र कठोर छ। त्यहाँ सुरक्षा उपायहरू बिना मानिस बस्न असम्भव छ।

तर, सोहनलेइनले एउटा अनुसन्धान पत्रलाई उद्धृत गर्दै शुक्रको वायुमण्डलमा ग्रहको सतहभन्दा ३० माइल माथि एउटा क्षेत्र रहेको दाबी गरे, जहाँ मानिस बस्न सक्छन्। त्यहाँ तापक्रम र दबाब धेरै कम छ।

सोहनलेइन एक स्पेस स्टेशनको वकालत गर्दछ जसले सल्फ्यूरिक एसिड को सामना गर्न सक्छ। यदि यसो भयो भने शुक्र ग्रहको वायुमण्डलमा सयौंदेखि हजारौं मानिस बस्न सक्ने उनको भनाइ छ।

उल्लेखनीय कुरा के छ भने शुक्रको वायुमण्डल मुख्यतया कार्बन डाइअक्साइडले बनेको छ र त्यहाँ सल्फ्यूरिक एसिडको नियमित वर्षा हुन्छ।

प्रकाशित: २१ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार