अवरुद्ध नेपाल टेलिकमको सेवा सञ्चालन

Technology Khabar २० श्रावण २०८०, शनिबार

अवरुद्ध नेपाल टेलिकमको सेवा सञ्चालन
म्याग्दीमा रहेको नेपाल टेलिकमको मोबाइल टावर। फाइल तस्बिर

काठमाडौं ।

नौ दिनदेखि बारेकोटमा अवरुद्ध नेपाल टेलिकमको सेवा सञ्चालनमा आएको छ। साउन ६ गते परेको चट्याङले टावरमा क्षति पुयाएपछि सेवा अबरुद्ध भएको थियो।

दूरसञ्चार कार्यालय जाजरकोटका प्रमुख भीमसेन विश्वकर्माका अनुसार अबरुद्ध टेलिफोन सेवा पूर्णरूपले सञ्चालनमा आएको छ। नौ दिनदेखि अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएपछि बारेकोटबासी खुसी भएका छन्।

विरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्साका प्रधानाध्यापक गोरख सिंहले टेलिफोन सेवा सुचारु भएसँगै कार्यालय तथा व्यक्तिगत कामका लागि सहज भएको बताए। गोरखापत्रबाट

प्रकाशित: २० श्रावण २०८०, शनिबार

तपाइको प्रतिक्रिया