एक्स ब्लू सब्सक्राइबरले अब वेबसाइटबाट भिडियो डाउनलोड गर्न सक्ने

  • Technology Khabar | १८ श्रावण २०८०, बिहीबार
एक्स ब्लू सब्सक्राइबरले अब वेबसाइटबाट भिडियो डाउनलोड गर्न सक्ने

काठमाडौं ।

ट्विटर हाल एक्स सामाजिक सञ्जालले अब प्रयोगकर्ताहरूलाई आफ्नो वेबसाइटबाट भिडियोहरू डाउनलोड गर्न दिइरहेको छ। यसका लागि केही मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ।

सर्वप्रथम क्रियटर्सहरुले स्पष्ट रुपमा उनीहरुले पोस्ट गरेको कन्टेन्ट डाउनलोड गर्न अनुमति दिएको हुनुपर्छ। साथै, वेबसाइटबाट भिडियोहरू सेभ गर्ने क्षमता विशेष रूपमा भेरिफाइड प्रयोगकर्ताहरूको लागि उपलब्ध छ जसमा ब्लू सब्स्क्रिप्सनको लागि भुक्तान गर्ने व्यक्तिहरू समावेश छन्।

इलन मस्कले आफ्नो अकाउन्टमार्फत नयाँ सुविधाको घोषणा गरेका छन्। भेरिफाइड प्रयोगकर्ताले भिडियो फुल स्क्रिन मोडमा हुँदा स्क्रिनको माथिल्लो दायाँ कुनामा रहेको इलिप्सिस (…) मेनुमा ट्याप गरेर सामग्री डाउनलोड गर्न सक्नेछन्।

मस्कले यो पनि भने कि एक्सले चाँडै नै स्क्रिनमा रहेको सामग्रीलाई ट्याप गरेर मोबाइलमा भिडियोहरू डाउनलोड गर्न सजिलो बनाउने इनग्याजेडले उल्लेख गरेको छ।

यस अघि प्रयोगकर्ताहरुले भिडियो सेभ गर्न तेस्रो–पक्ष वेबसाइटहरू वा एपहरू प्रयोग गर्नुपथ्र्यो। भुक्तानी नगर्ने प्रयोगकर्ताले हालका लागि यो सूविधा प्रयोग गर्न सक्नेछैनन्। उनीहरुले डाउनलोड गर्न तेस्रो–पक्ष वेबसाइटहरू वा एपहरू प्रयोग गर्नु पर्ने हुन्छ।

यो अचम्मको विषय भने हैन, किन कि कम्पनीले विशेष गरी भुक्तानी गर्ने सब्सक्राइबरका लागि नयाँ फिचरहरु जारी गरिरहेको छ। यस्तोमा अन्य प्रयोगकर्ताका लागि प्लेफर्ममा धेरै सुविधा छैन।

 

प्रकाशित: १८ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार