स्मार्टवाचको आयात ३८ प्रतिशतले घट्यो

  • Technology Khabar | १८ श्रावण २०८०, बिहीबार
स्मार्टवाचको आयात ३८ प्रतिशतले घट्यो

काठमाडौं ।

नेपालमा स्मार्टवाचको आयात घट्दो क्रममा देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० तथ्यांक अनुसार स्मार्टवाचको आयात करिब आधाले घटेको देखिन्छ।

गत आर्थिक वर्षमा ३६ करोड ७० लाख ४२ हजार रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ५९ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको थियो।

अघिल्लो आवको तुलनमा गत आवमा स्मार्टवाचको आयात २२ करोड ३५ लाख ८६ हजार रुपैयाँ अर्थात ३७.८३ प्रतिशतले घटेको हो।

अघिल्लो आवमा ४ लाख ४४ हजार १५३ यूनिट स्मार्टवाच आयात भएको गत आवमा २ लाख ८६ हजार ५७१ यूनिट आयात भएको छ।

स्मार्टवाचको आयातबाट सरकारले ११ करोड ५७ लाख ६० हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा २४ मुलुकबाट स्मार्टवाच भित्रिने गरेको छ।

सबैभन्दा धेरै स्मार्टवाच चीनबाट आयात हुने गरेको देखिन्छ। गत आवमा चीनबाट २६ करोड ५० लाख रुपैयाँ बराबराको २ लाख ५८ हजार ३२१ यूनिट स्मार्टवाच आएको छ।

भारतबाट ६ करोड ७३ लाख ७० हजार रुपैयाँ बराबरको २७ हजार ११९ यूनिट स्मार्टवाच आयात भएको छ।

भियतनाबाट २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको ७८४ यूनिट स्मार्टवाच नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

प्रकाशित: १८ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार