
काठमाडौं ।
नासाले आफ्नो अन्तरिक्ष यान भोयजर २ बाट “हर्टबीट” संकेत प्राप्त गरेको बताइएकाे छ। सन् १९७७ मा प्रक्षेपण गरेको उक्त अन्तरिक्ष यान भोयजर २ सप्ताहन्तमा सम्पर्क विहिन भएकाे थियाे।
हाल उक्त अन्तरिक्ष यान सौर्यमण्डलको छेउमा घुमिरहेको नासाले उल्लेख गरेको छ।
साथै, अन्तरिक्ष एजेन्सीले क्राफ्टलाई अन्जानमा सन्देश पठाएको उल्लेख छ, जसले यसलाई पृथ्वीबाट दुई-डिग्री एन्टेना घुमाउन निर्देशन दिएको थियाे।
यद्दपी, अन्तरिक्ष यानले डीप स्पेस नेटवर्क, (डिएसएन )सँग सम्पर्क गुमाएको थियाे। डिएसएन ग्राउन्ड बेस्ड एन्टेनाहरूको संग्रह हो, जसले टाढाको अन्तरिक्ष यानसँग सम्पर्क गर्न अनुमति दिन्छ।
यसअघि, भोएजर २ बाट अक्टोबरसम्म जानकारी प्राप्त नहुने हो की भन्नेमा ईन्जिनियरहरू चिन्तित थिए। अक्टोबरपछि अन्तरिक्ष एजेन्सीले सम्पर्क गर्दा यसले स्वचालित रूपमा समायोजन गर्ने तथा यसको ओरेन्टेसन रिसेट गर्दै, अन्तरिक्ष यानलाई पृथ्वीतर्फ केन्द्रित गर्ने आशा गरिएकाे थियाे।
तर हाल नासाले भोयाजर २ बाट “क्यारियर सिग्नल” प्राप्त गरेकाे बताइएकाे छ, जुन डिप स्पेस नेटवर्कले आकाशतर्फ स्क्यान गरेर हासिल गरेकाे हो। अन्तरिक्ष एजेन्सीले संकेतलाई “हृदयको धड्कन” सँग तुलना गर्दै यसले प्रोब अझै सुरक्षित रहेको तथा सन्देशहरू पृथ्वीमा फिर्ता पठाउँदै गरेको उल्लेख गरेकाे छ।
इन्जिनियरहरूले अब भ्वाएजर २ लाई आदेशहरू पठाउने प्रयास गर्ने तथा यसलाई स्वयं तिर पुन: उन्मुख गर्न र पृथ्वीमा संदेशहरु फर्काउन निर्देशन दिने पनि बताइएको छ।
यदि यसाे भएमा याे पुन: सामान्यरूपमा अघि बढ्न सक्षम हुने तथा अन्तरिक्षमा उडान गर्दै वैज्ञानिकहरूलाई जानकारी प्रदान गर्दैजाने उल्लेख छ।
यद्यपि निर्देशनहरू प्राप्त नभएमा इन्जिनियरहरूले आफ्नो गल्ती सच्याउन असमर्थ हुने भएकाले अक्टोबरसम्म पर्खिने थिए, जसले अन्तरिक्ष यानको सफ्टवेयरले स्वचालितरूपमा आफ्नो दिशा पुनः तय गर्ने बिन्दुमा पुग्ने बताइएकाे छ।
सम्पर्क विहिन उक्त अन्तरिक्ष यान हालसम्म पनि कुन स्थानमा छभन्ने स्पष्ट नभएको र अन्तरिक्षमा नै हराइरहेको उल्लेख छ।
प्रकाशित: १८ श्रावण २०८०, बिहीबार