
काठमाडौं ।
सामसङले काठमाडौं कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ। अगस्ट १, २०२३ देखि संचालनमा आएको यस स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एशियाका अध्यक्ष एवं सिइओ श्री जोङ बुम पार्कले गर्नु भएको हो।
नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आइएमएस ग्रुपद्वारा कमलादीमा यो नयाँ प्रिमियम स्टोर संचालनमा ल्याइएको हो। यो प्रिमियम एक्स्पेरियन्स स्टोरमा सामसङका सम्पूर्ण इको सिस्टमलाई प्रदर्शित गरिनेछ, जसले गर्दा उपभोक्ताहरुले आफूले खरीद गर्न चाहेको मोबाइलको बारेमा व्यापक विविधता प्राप्त गर्ने सुविधाले उनीहरुलाई खरीदको निर्णय गर्न सहज हुनेछ।
यो ब्राण्ड स्टोरले ग्राहकहरुलाई उत्कृष्ट उपभोक्ता अनुभव दिलाउनेछ। ग्राहकहरुले यहाँ सामसङको सम्पूर्ण सिरिजका स्मार्टफोनहरु, त्यससँग आबद्ध इकोसिस्टम जस्तैः ग्यालेक्सी बड्स, र ग्यालेक्सी स्मार्ट वाचहरु, ट्याब्लेटहरु, सामसङ मोनिटरहरु, सामसङ उपकरणहरु र सामसङ टेलिभिजनहरु समेत हेर्न र त्यसको अनुभव लिन सक्नेछन्।
स्टोरमा गेमिङमा अभिरुची राख्ने आजका युवाहरुलाई लक्षित गरेर प्रिमियम सामसङ मोनिटरहरु राखिएको एउटा बेग्लै गेमिङ जोनको पनि व्यवस्था गरिएको छ। स्टोरमा ग्राहकहरुले सामसङका उत्पादनहरुलाई सविस्तार महसुस गर्न सक्नेछन् र आफ्नो रोजाई अनुसारको सामानहरु सजिलै खरीद गर्न सक्नेछन्।
स्टोरमा आउने ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सबाट पनि लाभ लिन सक्नेछन्। सामसङ इन्स्टा फाइनान्स एक झन्झटरहित, मासिक किस्तामा शुन्य प्रतिशत ब्याजदर भएको तत्काल फाइनान्सिङ्ग सुविधा हो। यसले ग्राहकहरुलाई सहज कर्जा सुविधा प्रदान गर्दछ, जसले गर्दा ग्राहकहरुले सजिलोसँग सामसङको सामानहरु खरीद गर्न वा न्यूनतम मुल्यमा आफ्नो रोजाइको स्मार्ट फोनमा अपग्रेड गर्न सक्नेछन्।
यस प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोरले ग्राहकहरुलाई प्रिमियम अनुभव दिलाउने कम्पनीले जनाएको छ।
प्रकाशित: १६ श्रावण २०८०, मंगलवार