गत आर्थिक वर्षमा ७२ मुलुकबाट २४ अर्ब ३९ करोडको स्मार्टफोन नेपाल भित्रियो

Technology Khabar १७ श्रावण २०८०, बुधबार

गत आर्थिक वर्षमा ७२ मुलुकबाट २४ अर्ब ३९ करोडको स्मार्टफोन नेपाल भित्रियो
पसलमा बेच्न राखिएका मोबाइल तथा अन्य एसेसरिज

काठमाडौं ।

गत आर्थिक वर्ष २०७९/८० मा २४ अर्ब ३९ करोड ६७ लाख ७८ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा उक्त रकम बराबरको १५ लाख ६९ हजार ५९६ यूनिट स्मार्टफोन नेपाल भित्रिएको हो।

विभागको तथ्यांक अनुसार नेपालमा ७२ मुलुकबाट स्मार्टफोन आउने गरेको देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गर्छ। गत आवमा चीनबाट १५ अर्ब ४ करोड ३६ लाख ६३ हजार रुपैयाँ बराबरको १० लाख ५० हजार ६३१ यूनिट स्मार्टफोन आयात भएको छ।

अर्को छिमेकी मुलुक भारतबाट ७ अर्ब ७६ करोड ६८ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९८ हजार ३९९ यूनिट स्मार्टफोन भित्रिएको तथ्यांकमा देखिन्छ।

भियतनामबाट ८१ करोड २१ लख ९५ हजार रुपैयाँ बराबरको ७ हजार यूनिट स्मार्टफोन आएको छ।

बाँकी ६९ मुलुकबाट ७७ करोड ४० लाख ७० हजार रुपैयाँ बराबरको १३ हजार ५६६ यूनिट स्मार्टफोन नेपाल भित्रिएको छ।

प्रकाशित: १७ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया