आइएमई पेमा आयो एयरलाइन्स टिकटमा ‘फ्ल्यास सेल्स’

  • Technology Khabar | १२ श्रावण २०८०, शुक्रबार
आइएमई पेमा आयो एयरलाइन्स टिकटमा ‘फ्ल्यास सेल्स’

काठमाडौं ।

‘आइएमई पे’ ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन्।

यो अफर साउन ७ देखि साउन २६ गतेसम्म चल्ने कम्पनीले जानकारी दिएको छ।

उक्त छुट सेवाग्राहीले आइएमई पेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त गर्नेछन्। सो अफर अवधि भित्रमा एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले साबिकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुटसहित अहिलेको क्यासब्याक पनि पाउन सक्ने जनाएको छ।

प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार