सामसङ ग्यालेक्सी जेड फ्लिप ५ फ्ल्याट रुपमा फोल्ड हुने, नयाँ आधिकारिक टिजर सार्वजनिक

  • Technology Khabar | ८ श्रावण २०८०, सोमबार
सामसङ ग्यालेक्सी जेड फ्लिप ५ फ्ल्याट रुपमा फोल्ड हुने, नयाँ आधिकारिक टिजर सार्वजनिक

काठमाडौं ।

सामसङले जुलाई २६ मा हुने आफ्नो आगामी ग्यालेक्सी अनप्याक्ड कार्यक्रमको लागि तयारी गर्दैछ। उक्त कार्यक्रममा कम्पनीले फिफ्थ–जेनेरेसन ग्यालेक्सी जेड फोल्डेबल्स, ग्यालेक्सी ट्याब एस ९ सिरिज र ग्यालेक्सी वाच ६ सिरिज घोषणा गर्ने तयारी गरेको छ।

साथै आगामी उपकरणहरूको बारेमा सबै विवरणहरु सार्वजनिक गर्दै धेरै लीक र अफवाहहरू पनि बाहिरिएका छन्। यसै क्रममा सामसङले पनि हालै मात्र आफ्नो ट्विटर खातामा ग्यालेक्सी जेड फ्लिप ५ को एउटा टिजर साझा गरेको छ।

सामसङ ग्यालेक्सी जेड फ्लिप ५ फ्ल्याट रुपमा फोल्ड हुने

पछिल्लो एक वर्षमा क्लाशेल फोल्डेबल फोन खण्डमा नयाँ प्रवेशहरू भएका छन्। यसमा ओपो फाइन्ड एन२ फ्लिप, भिभो एक्स फ्लिप र मोटोरोला रेजर ४० अल्ट्रा समावेश रहेको छन्। यी सबै डिभाइसहरूमा लार्ज सेकेण्डरी डिस्प्ले राखिनुका साथै फ्ल्याटरुपमा फोल्ड गर्न मिल्ने किसिमका रहेका छन्। यसमा भने गत वर्षको सामसङ ग्यालेक्सी जेड फ्लिप ४ पछाडि परेको उल्लेख छ।

त्यसैगरी, सामसङले आगामी ग्यालेक्सी जेड फ्लिप ५ को टिजरहरू साझा गर्न थालेको छ। पछिल्लो टिजर भिडियोअनुसार, आगामी अफरिङ्ग फ्ल्याट तवरले पूर्ण रूपमा बन्द हुनसक्ने किसिमको भएको उल्लेख छ। ग्यालेक्सी जेड फ्लिप ४ लाई फोल्ड गर्दा त्यसको बीचमा ग्याप (खाली भाग) रहन गई उक्त ग्यापको बीचमा पानी र धुलोका कणहरू बस्ने समस्या देखिएकोमा, अबको नयाँ डिभाइस फ्ल्याटरुपमा फोल्ड हुने ग्यालेक्सी जेड फ्लिप ५ लाई ठूलो राहतको रुपमा हेरिएका छ।

साथै टिजरमा आगामी फ्लिप फोनको बक्सी फर्म फ्याक्टर पनि देखिएको र त्यसमा एन्टेना लाइन्स र सिम कार्ड ट्रे रहेको उल्लेख छ। यसका साथै अन्य बाँकी विवरण भने अज्ञात रहेको छ।

सामसङ ग्यालेक्सी जेड फ्लिप ५ को डमी एकाईमा भने फोनको फोल्ड गर्ने ठाउँमा ग्याप देखिएको छ। यद्यपि, यो अन्तिम उपकरणमा हेर्न भने बाँकी नै रहेको छ। लीक र अफवाहहरू अनुसार ग्यालेक्सी जेड फ्लिप ५ मा फोल्डर जस्तो कटआउट डिजाइनको साथ ३.४–इन्च ७२०पी सेकेण्डरी डिस्प्ले फिचर हुने अपेक्षा गरिएको छ। साथै यसमा १२० हर्ज रिफ्रेस रेट सहितको ६.७ इन्चको एएमओएलईडी डिस्प्ले हुने छ।

क्ल्यामशेल फोल्डेबल फोन स्न्यापड्रागन ८ जेन २ प्रोसेसरद्वारा संचालित हुनेछ भने ३,७०० एमएएचको ब्याट्री युनिटले २५ वाटको फास्ट चार्जिङ्ग समर्थन गर्ने उल्लेख छ।

प्रकाशित: ८ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ८ श्रावण २०८०, सोमबार