बुटवलमा इन्जिनियरिङ कलेज सञ्चालनका लागि छलफल

  • Technology Khabar | ६ श्रावण २०८०, शनिबार
बुटवलमा इन्जिनियरिङ कलेज सञ्चालनका लागि छलफल
सांकेतिक तस्बिर

काठमाडौं ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयअन्तर्गत बुटवलमा इन्जिनियरिङ कलेज सञ्चालनका लागि आज छलफल भएको छ।

लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको एक वर्षपछि पढाइ शुरु गर्न थालेको विश्वविद्यालयको टोलीले आज बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसहितको टोलीसँग छलफल गरेको हो।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विनोदप्रसाद ढकालले चालु शैक्षिक सत्रदेखि अध्ययन आरम्भ गर्ने योजनाअनुसार बुटवलमा आङ्गिक सञ्चालनका लागि छलफल गरिएको बताए।

उनका अनुसार चालु शैक्षिक सत्रदेखि ‘बिटेक इन आईटी’, ‘बिटेक सिएस एण्ड एआई’, ‘बिटेक इन आईटी इन्जिनियरिङ’ लगायत पाँचओटा शैक्षिक कार्यक्रम सञ्चालन गरिने छ। उनले खजुराको केन्द्रीय क्याम्पसमा इन्जिनियरिङ र सूचना प्रविधि तथा रूपन्देहीमा कृषि, वन र पर्यटनसँग सम्बन्धित कार्यक्रम सञ्चालन हुने जानकारी दिए। त्यसका लागि बुटवल उपमहानगरपालिकासँग छलफल गरेको उनले बताए।

बुटवलमा प्रदेशको विश्वविद्यालयले आङ्गिक कलेज सञ्चालनका लागि प्रस्ताव आएकाले त्यसैअनुसार सहकार्य गर्न बुटवल उपमहानगरपालिका तयार रहेको उपमहानगर प्रमुख पाण्डेयले बताए। उनले विश्वविद्यालयलाई आवश्यक संरचना तयार गर्न र अन्य सहकार्यका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताए।

प्रमुख पाण्डेयले बुटवलमा प्रदेशकै सबैभन्दा ठूलो इन्जिनियरिङ कलेज स्थापनाको सम्भावनाबारे छलफल भएको बताए। उनले अटो इन्जिनियरिङ, कृषि, वन र टनेल इन्जिनियरिङ र पर्यटनका क्षेत्रमा अध्ययन गर्ने कलेज स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढ्ने र आगामी वर्षदेखि केही विषयको अध्ययन शुरु गर्ने गरी काम थाल्ने समझदारी भएको बताए। रासस

प्रकाशित: ६ श्रावण २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार