टीएसएमसीको एरिजोना प्लान्ट संचालनमा ढिलाइको घोषणा

  • Technology Khabar | ७ श्रावण २०८०, आईतवार
टीएसएमसीको एरिजोना प्लान्ट संचालनमा ढिलाइको घोषणा

काठमाडौं ।

चिप निर्माता कम्पनी टीएसएमसीले अर्काे वर्ष सुरुवात गर्ने भनिएकाे आफ्नो अमेरिका स्थित एरिजोना प्लान्टलाई ढिलाइको घोषणा गरेकाे छ।

सेमीकन्डक्टर फाउन्ड्रीका लागि एरिजोनामा अर्को वर्ष सुरु गर्ने भनिएकाे टीएसएमसीको मास प्राेडक्सन चिपहरूकाे मूल योजना पछाडी धकेलिएकाे बताइएकाे हाे।

“हामी एन ४ प्रक्रिया प्रविधिको उत्पादन तालिकालाई २०२५ मा धकेल्ने आशा गर्दछौं,” टीएसएमसी अध्यक्ष मार्क लिउले निकाई एशियालाई भनेका छन्।

फाउण्ड्रीमा प्रयोग हुने उन्नत उपकरणहरू भित्र जान तथा स्थापना गर्न सक्ने पर्याप्त दक्ष कामदार तथा प्राविधिकहरूको अभावले योजना पछाडि सारेकाे बताइएकाे छ।

टीएसएमसीले  उक्त फ्याक्ट्रि सेटअपमा मद्दत गर्न ताइवानमा रहेका आफ्ना कारखानाहरूबाट प्राविधिकहरू पठाउँदैछ।

कम्पनीले एरिजोनामा दोस्रो प्लान्ट पनि निर्माण गरिरहेको बताइएकाे छ। जसले ३ एनएम चिप्स उत्पादन गर्नेछ। योजनाका लागि प्रारम्भिक १२ बिलियन डलर लगानीपछि, राष्ट्रपति बाइडेन तथा टिम कुकद्वारा घोषणा गरिएको अमेरीकी डलर ४० बिलियन लगानी पनि रहेकाे उल्लेख छ।

उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा आएको सुस्तताका कारण टीएसएमसीले अब २०२२ को तुलनामा पूर्ण वर्षको राजस्वमा १० प्रतिशत गिरावट आउने अनुमान गरेको बताइएकाे छ। यो सन् २०१९ पछिको पहिलो त्रैमासिक खुद नाफामा आएको गिरावट हो।

यद्दपी , कम्पनी जीपीयू निर्माताहरू, एनभीडीया तथा एएमडीको लागि एक प्रमुख निर्माण साझेदार रहेकाे बताइएकाे छ। धेरै कम्पनीहरूले सबै प्रकारका उत्पादनहरूमा एआई थपिएको बेलामा कम्पनीहरुका केही लोकप्रिय उत्पादनहरू एआई एक्सेलेटरहरूको लागि यो एकमात्र निर्माता हो।

यसका साथै टीएसएमसीसँग पनि आईफोन तथा म्याक्सको अर्को पुस्ताका लागि धेरै चिपसेट अर्डरहरू आउनुलाई  सकारात्मक मानिएकाे छ।

प्रकाशित: ७ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार