
काठमाडौं ।
काठमाडौं, १८ पुस । अमेरिकन टेक्नोलोजी कम्पनी एप्पलले चर्चित मनोरंजनात्मक तथा भिडियो स्ट्रीमिंग कम्पनी नेटफ्लिक्स किन्ने समाचार बाहिर आएको छ । सिटी एनालाइसिस्टले सार्वजनिक गरेको सो जानकारीअनुसार एप्पलले नटेफ्लिक्सको अधिग्रहण गर्न सक्ने संभावना छ ।
सिटि एनालाइसिस्टका जिम सुआ तथा असिया मर्चेन्टले एप्पलको यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपको कर्पोरेट ट्याक्स कटौती गर्ने नीति पास भएपछि आएको हो ।
बाहिर आएको रिपोर्टअनुसार एप्पलले नेटफ्लिक्स अधिग्रहण गर्ने डीलको आधारमा कम्पनीले अन्य देशहरुमा राखेको आफ्नो नगद रकम निकाल्न सक्नेछ । हाल एप्पलसँग विश्वभर गरेर कुल २५२ मिलियन अमेरिकी डलर नगद रहेको छ, जून अधिकांश रकम अमेरिका बाहिर रहेको छ । कम्पनीले प्रत्येक वर्ष करिब ५० बिलियन अमेरिकी डलर थप नगद वृद्धि गरिरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपको कर्पोरेट ट्याक्स कटौती गर्ने नीति पास हुनु अघिसम्म कम्पनीले सो रकम अमेरिका लैजान सक्दैन थियो । तर नयाँ नीतिपछि न्यून कर मात्र तिरे पुग्ने हुँदा सो नगद अमेरिका लाने बाटो खुलेको हो ।
एप्पलले नेटफ्लिक्स अधिग्रहण गर्ने संभावना अहिलेको आधारमा केबल ४० प्रतिशत मात्र रहेको छ । एप्पलको आफ्नै मनोरंजनात्मक कार्यक्रम देखाउनका लागि आईट्यून्स लोकप्रिय तर तर पछिल्ला दिनहरुमा मनपर्ने शो हेर्नका लागि प्रयोगकर्ताहरु नेटफ्लिक्स, अमेजन वा हूलु तर्फ आकर्षित भएको बताईएको छ । त्यसैले एप्पलले नेटफ्लिक्स अधिग्रहण गर्न लागेको हो ।
यदि साँच्चिकै एप्पलले नेटफ्लिक्स अधिग्रहण गरेमा कम्पनीले हाल भएको नगदको केबल एक तिहाई रकम मात्र खर्च गर्ने पुग्दछ । त्यस्तै कर कटौती नितीपछि एप्पलले आफ्नो नगद अमेरिका भित्र्याएबापत केबल १० प्रतिशत कर मात्र दाखिला गरे पुग्दछ ।
प्रकाशित: १८ पुष २०७४, मंगलवार