अष्ट्रेलियाको समुद्र तटमा भेटिएको विशाल धातु चन्द्रयान ३ को नभएको इसरोको दाबी

  • Technology Khabar | ३ श्रावण २०८०, बुधबार
अष्ट्रेलियाको समुद्र तटमा भेटिएको विशाल धातु चन्द्रयान ३ को नभएको इसरोको दाबी

काठमाडौं ।

अष्ट्रेलियाको समुद्र तटमा देखिएको विशाल धातु भारतले भर्खर लन्च गरेको चन्द्रयान ३ को हिस्सा भएको अनुमानका बीच भारतका अन्तरिक्ष प्रमुखले मुख खोलेका छन्।

भारतका अन्तरिक्ष प्रमुख एस सोमनाथले अष्ट्रेलियाको समुद्र तटमा देखिएको विशाल धातु पक्कै पनि रकेटको हिस्सा भएको तर त्यो भारतीय हुन पनि सक्छ वा नहुन सक्ने बताएका छन्। ।

‘यसको विश्लेषण नगरेसम्म हामी यो हाम्रो हो भनेर पुष्टि गर्न सक्दैनौं,’ एस सोमनाथले बीबीसीलाई भने।

सप्ताहन्तमा पर्थबाट २५० किलोमिटर (१५५ माइल) उत्तरमा ग्रीन हेड बीचमा उक्त वस्तु भेटिएदेखि यसका बारेमा विभिन्न अनुमानहरू गरिएको छ।

करिब २.५ मिटर चौडा र २.५ मिटरदेखि ३ मिटर लामो सिलिन्ड्रिकल वस्तुले ग्रीन हेड बिचका बासिन्दामा निकै उत्साह पैदा गरेको छ।

प्रारम्भिक यो भग्नावशेष एमएच३७०को एक भाग हुन सक्ने अनुमान गरिएको थियो। यो विमान सन् २०१४ मा पश्चिमी अष्ट्रेलियाको तटबाट २३९ यात्रुहरू सहित हराएको थियो।

तर उड्डयन विशेषज्ञहरूले यस्तो वस्तु कमर्शियल विमानको हुन नसक्ने स्पष्ट गरे। र यो सम्भवतः रकेटको इन्धन ट्यांकी थियो जुन कुनै समय हिन्द महासागरमा खसेको थियो।

त्यसपछि अष्ट्रेलियाको अन्तरिक्ष एजेन्सीले ‘विदेशी अन्तरिक्ष प्रक्षेपण वाहन’ बाट विशाल सिलिन्डर खसेको हुन सक्ने बताएका थिए।

यसको परिणामस्वरूप यो वस्तु पीएसएलभी– पोलार स्याटलाई प्रक्षेपण सवारी साधनको इन्धन ट्यांकी हो भन्ने अनुमान लगाइयो जुन भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले नियमित रूपमा अन्तरिक्षमा स्याटलाइट प्रक्षेपण गर्न प्रयोग गर्दछ।

विज्ञहरूले वस्तु कम्तिमा केही महिनादेखि पानीमा रहेको बताउँदै आएको छन्। तर भारतले चन्द्रयान-३ लाई अन्तरिक्ष यानलाई कक्षामा पठाउनको लागि गत शुक्रबार लन्च गरेकाले यो भग्नावशेष यसबाट आएको अनुमान लगाएको छ।

प्रकाशित: ३ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार