
काठमाडौं ।
गत हप्ता आईडीसीले यस वर्षको दोस्रो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन ढुवानीमा गिरावट आएको रिपोर्ट गरेको थियो। अब काउन्टरपोइन्टको मार्केट पल्स सर्भिसको पछिल्लो अनुसन्धानका अनुसार सन् २०२३ को दोस्रो त्रैमासमा अर्थात अप्रिलदेखि जुनसम्मको अवधिमा स्मार्टफोनको बजार विश्वव्यापी रूपमा घटेको उल्लेख गरेको छ।
साथै यसले वार्षिक दरमा गिरावटलेको लगातार आठौं त्रैमासिक पनि कायम गरेको छ। दोस्रो त्रैमासिक अवधिमा शिपमेन्टहरू ८ प्रतिशत वार्षिक रुपले र ५ प्रतिशत त्रैमासिक आधारमा घटेको गीज्मोचाइनाले उल्लेख गरे छ।
काउन्टरपोइन्ट डाटाका अनुसार सम्पूर्ण बजारहरूले स्मार्टफोन बिक्रीमा गिरावटको अनुभव गरेको बताइएको छ। यद्यपि, सबैभन्दा महत्त्वपूर्ण गिरावट अमेरिका, पश्चिमी यूरोप र जापान जस्ता विकसित देशहरूमा दोहोरो अंकको गिरावट भएको उल्लेख गरिएको छ।
यसको विपरित चीन, भारत, मध्य पूर्व र अफ्रिका क्षेत्रको ढुवानीमा भने सानो कमीको रेकर्ड गरिएको छ। साथै स्मार्टफोन ढुवानीमा संकुचनको कारणमा लामो प्रतिस्थापन चक्र, इनोभेसन कन्भर्जेन्स (नवीनता अभिसरण), र रिफर्बिस्ड डिभाइस (नवीकरण गरिएका उपकरणहरू) को बढ्दो मागलाई श्रेय दिइएको उल्लेख छ।
काउन्टरपोइन्टको तथ्याङ्क अनुसार सबै ओईएमहरुले नकारात्मक वार्षिक वृद्धि रेकर्ड गरेको उल्लेख छ। भिभो १७ प्रतिशतले घटेको उल्लेख छ भने शाओमी र सामसङको बजार समान १२ प्रतिशतले घट्को बताइएको छ। वृद्धिको हिसाबले एप्पल र ओप्पो क्रमशः २ र ३ प्रतिशतले सबैभन्दा कम घटेको बताइएको छ।
२०२३ को दोस्रो त्रैमासिकमा, सामसङले २२ प्रतिशत सेयरको साथ बजारको नेतृत्व गर्यो भने एप्पलले १७ प्रतिशत सेयरको साथ त्यसलाई पछ्याएको छ। त्यसैगरी शाओमी १२ प्रतिशत बजार साझेदारीको साथ सूचीको तेस्रो स्थानमा रह्यो भने ओपो र भिभो क्रमशः चौथो र पाँचौं स्थानमा रहेको छ। साथै सामसङले विश्वव्यापी रूपमा ग्यालेक्सी ए–सिरिजको बलियो प्रदर्शनबाट लाभान्वित भएको र शाओमीले चीन र भारतभन्दा बाहिरका अन्य बजारहरूमा वृद्धि देखेको प्रतिवेदनमा उल्लेख भएको छ।
विश्व बजार लगातार आठौं त्रैमासिकमा ओरालो लागेता पनि त्यहाँ सिल्भर लाइनिङ्ग भएको उल्लेख गरिएको छ। प्रिमियम खण्ड (६०० अमेरिकी डलर भन्दा माथि थोक मूल्य) उत्कृष्ट अनुभव र पहुँचयोग्य वित्तिय विकल्पहरू खोज्ने उपभोक्ताहरूको कारणले बढ्दै गएको उल्लेख गरिएको छ। यस खण्डमा पर्ने लगभग २० प्रतिशत स्मार्टफोनहरू बिक्री भएको बताइएको छ। एप्पलले यस प्रवृत्तिमा क्यापिटलाइज्ड (पूँजीकरण) गरेको र भारतमा ५० प्रतिशतले वार्षिक वृद्धि रेकर्ड गरेको उल्लेख गरिएको छ।
प्रकाशित: ३ श्रावण २०८०, बुधबार