टेस्लाले आफ्नो सवारी साधनका लागि सोलार चार्जिङ्ग ल्याउने

  • Technology Khabar | ३ श्रावण २०८०, बुधबार
टेस्लाले आफ्नो सवारी साधनका लागि सोलार चार्जिङ्ग ल्याउने

काठमाडौं ।

टेस्लाको ग्राउन्डब्रेकिंग “चार्ज अन सोलार” फङ्गसनको भर्खरैको घोषणाको साथ कम्पनीको दिगो ऊर्जा समाधानहरूको प्रतिबद्धताले ठूलो फड्को मारेको छ। आफ्नो इनोभेटिभ इलेक्ट्रिक भेहिकल (नवीन विद्युतीय सवारी साधन) र रिफाइन्ड सोलार टेक्नोलोजी (परिष्कृत सौर्य प्रविधिका) लागि परिचित कम्पनीमार्फत अब टेस्ला मालिकहरूले टेस्ला सोलार सिस्टमले उत्पादन गरेको अतिरिक्त सौर्य ऊर्जा प्रयोग गरेर आफ्ना सवारी साधन चार्ज गर्न सक्ने बताएको छ।

साथै यस विकासले विद्युतीय सवारीसाधन चार्ज गर्ने तरिकामा क्रान्ति ल्याउने र तिनीहरूको कार्बन फुटप्रिन्टलाई थप घटाउने अपेक्षा गरिएको छ।

“चार्ज अन सोलार” फिचरको लागि टेस्ला भेहिकल र पावरवाल दुवैमा केही अपग्रेडको आवश्यक पर्ने र यसले होम ब्याट्री सिस्टमको रूपमा काम गर्ने बताइएको छ। यस पर्यावरण–मैत्री चार्जिङ्ग विधि पहुँच गर्नको लागि टेस्ला मालिकहरूले आफ्नो कार २०.२३.२६ वा पछिको संस्करणमा चलिरहेको सुनिश्चित गर्न आवश्यक छ।

त्यसैगरी, टेस्ला पावरवाललाई २३.१२.१० संस्करण वा पछिल्लो संस्करणमा अपग्रेड गर्नु पर्नेछ। अन्तमा, कार र पावरवाल दुवैलाई प्रभावकारी रूपमा समन्वय गर्न टेस्ला मोबाइल एपलाई ४.२२.५ संस्करणमा अपडेट गर्नुपर्ने थप उल्लेख छ।

उक्त अपग्रेडहरू पूरा गरिसकेपछि टेस्ला मालिकहरूले टेस्ला एप्लिकेसन मार्फत “चार्ज अन सोलार” फङ्गसन सक्षम गर्न सक्नेछन्। साथै यस फिचरले प्रयोगकर्ताहरूलाई चार्ज लिमिटहरू सेट गर्न र आफ्नो मनपर्ने चार्ज स्थान छनौट गरेर आफ्नो चार्जिङ्ग अनुभवलाई अनुकूलित गर्न अनुमति दिनेछ।

सोलार चार्जिङ्ग प्रोसेस (प्रक्रिया) लाई अप्टिमाइज गर्नको लागि “चार्ज अन सोलार” सुविधाले सुसज्जित टेस्ला गाडीहरूले रियल–टाइममा चार्जिङ्ग स्थितिलाई निरन्तर निगरानी गर्ने बताइएको छ। प्रत्येक दस सेकेन्डमा प्रणालीले स्वचालित रूपमा चार्जिङ्ग स्तर समायोजन गर्ने उल्लेख गरिएको छ। यसबाहेक, प्रयोगकर्ताहरूले सोलार चार्जिङ्ग कहिले प्रयोग गर्ने भनेर समय तालिका बनाउन सक्ने छन् भने यसले उनीहरूको ऊर्जा प्रयोगमा अझ बढी लचिलोपन र नियन्त्रण प्रदान गर्नेछ।

यद्यपि यो सुविधा टेस्ला पावरवालहरूको लागि मात्र हो । सौर्य ऊर्जा भण्डारण गर्ने तेस्रो–पक्ष ब्याट्री भएकाहरूले यस समयमा “चार्ज अन सोलार” क्षमताबाट फाइदा लिन नसक्ने उल्लेख गरिएको छ।

“चार्ज अन सोलार” को सुरुवातले टेस्लाको दिगो ऊर्जामा विश्वको रुपान्तरणलाई गति दिनको लागि एउटा महत्त्वपूर्ण माइलस्टोनको रुपमा मार्क गरेको बताइएको छ।

प्रकाशित: ३ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार