
काठमाडौं ।
फोर्डले एफ १५० लाइटनिङको मूल्य १० हजार अमेरिकी डलरसम्म घटाएको छ। मूल्य कटौतीसँगै इलेक्ट्रिक ट्रक यसको प्रारम्भिक मूल्यको नजिक ल्याएको छ।
वेस भेरियन्ट एफ १५० लाइटनिङ प्रोको मूल्य १० हजार अमेरिकी डलरले घटेर ४९ हजार ९९५ अमेरिकी डलरमा झरेको छ।
कम्पनीले माथिल्लो भेरियन्टको केही रकम कटौती गरेको छ। कम्पनीको टप एण्ड प्लेटिनम एक्सटेन्डेन्ट रेञ्ज मोडलको मूल्य ६ हजार अमेरिकी डलरले घटाइएको इनग्याजेडले लेखेको छ। प्लेटिनम एक्सटेन्डेन्ट रेञ्जको मूल्य ९१ ह्जार ९९५ अमेरिकी डलरमा आएको छ।
प्लान्टको क्षमता अपग्रडे, लागत र उत्पादन बढाउन कम्पनीको निरन्तर प्रयास र ब्याट्री कच्चा पदार्थको सुधारिएको लागतले मूल्य घटाउन सहयोग पुगेको फोर्डले बताएको छ।
मिशिगन स्थिति कम्पनीको रुज इलेक्ट्रिक भेहिकल सेन्टर हालका लागि बन्द छ। यो प्लान्टले प्रत्येक वर्ष १ लाख ५० हजार एफ १५० लाइटनिङ ट्रकहरू उत्पादन गर्ने उद्देश्यले सुविधा अपग्रेड गरिरहेको छ। कम्पनीले अक्टोबरदेखि नै इभीको थप उपलब्धता हुने जनाएको छ।
आपूर्ति सम्बन्धी समस्या र सामग्रीको बढ्दो लागतको कारण फोर्डले गत अगस्टमा प्रत्येक ट्रिमको मूल्य बढाउनुका साथै डिसेम्बर र मार्चमा बेस मोडेलको मूल्य वृद्धि गरेको थियो।
पछिल्ला केही महिनाहरूमा एफ १५० लाइटनिङ प्रोको प्रारम्भिक मूल्य निर्धारण भन्दा लगभग ५० प्रतिशत बढी लागत छ।
कम्पनीले एफ १५० लाइटनिङलाई हालसम्म ४० हजार अमेरिकी डलरको मूल मूल्यमा फिर्ता ल्याउन भने सकेको छैन। अहिले भइरहेको मूल्य कटौतीले भविष्यमा सुरुवाती मूल्यमा फोर्ड एफ १५० लाइटनिङ प्राप्त हुने तर्फ संकेत गर्छ।
जुलाई ३१ सम्ममा एक्सएलटी, लारियाट वा प्लेटिनम ट्रिमको लागि अर्डर गर्ने ग्राहकले १० हजार अमेरिकी डलर बोनस पाउनेछन्। साथै खरिदकर्ताहरू कर क्रेडिटमा ७ हजार ५०० अमेरिकी डलरसम्मको लागि योग्य हुने फोर्डले बताएको छ। हल सबैका लागि अडर खुल्ला छ।
टेस्लाले सप्ताहन्तमा साइबरट्रकको उत्पादन सुरु गरेसँगै फोर्डले एफ १५० लाइटनिङको मूल्य घटाउन सुरु गरेको छ।
प्रकाशित: ३ श्रावण २०८०, बुधबार