प्रधानमन्त्री दाहालबारे गलत प्रचार गर्ने युवा पक्राउ

  • Technology Khabar | १ श्रावण २०८०, सोमबार
प्रधानमन्त्री दाहालबारे गलत प्रचार गर्ने युवा पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बारे सामाजिक सञ्जालमा विभिन्न सामाग्री राखेर दुष्प्रचार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका ८ का टाइगर रानामगर भनिने शेरबहादुर राना मगर बुटवलबाट पक्राउ गरिएको हो।

रानाले प्रधानमन्त्रीको फोटो राखेर भारतीय आधार कार्ड, आयकर कार्ड लगायतका नक्कली विवरण सहितको तस्वीर बनाएर सामाजिक सञ्जालमा राखेका थिए।

केन्द्रीय साइबर ब्युरोले आइतबार रानालाई पक्राउ गरेको हो।

उनलाई काठमाडौंमा साइबर क्राईम सम्बन्धि मुद्दा चाइने छ।

प्रकाशित: १ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार