वानप्लस १२ चीनमा डिसेम्बरमा लन्च हुने संभावना

  • Technology Khabar | ३१ असार २०८०, आईतवार
वानप्लस १२ चीनमा डिसेम्बरमा लन्च हुने संभावना

काठमाडौं ।

वान प्लस १२ चीनमा डिसेम्बर लन्च हुनसक्ने अनुमान गरिएको छ। केही महिना अघि, एक टिपस्टरको दावीका अनुसार वानप्लस १२ चीनमा डिसेम्बर २०२३ मा लन्च हुने बताइएको थियो।

यद्यपि, वानप्लस १२ को अन्तर्राष्ट्रिय डेब्यू भने डिसेम्बरमा नहुने उल्लेख छ। डिभाइस चीनले लन्च गरेको केही हप्ता वा महिनापछि विश्व बजारका लागि जारी गर्न सक्ने छ।

वान प्लस १२ स्न्यापड्रयागन ८ जेन ३, ६.७ इन्च १२० हर्ज क्यूएचडी प्लस ओएलइडी  डिस्प्ले, र १०० वाट वा १५० वाट फास्ट चार्जिङको साथ ५,००० एमएएच ब्याट्रीको साथ आउनसक्ने उल्लेख छ।

डिभाइस ३२ एमपी सेन्सर, पछाडि क्यामरा सेटअप ५० एमपी प्राथमिक, ५० एमपी अल्ट्रावाइड, र ६४ एमपी पेरिस्कोप एकाइहरूको संयोजन हुने लिकमा उल्लेख छ।

यद्दपी वान प्लसले भने वान प्लस १२ को बारेमा केहि खुलासा गरेको छैन।

प्रकाशित: ३१ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार