लक्ष्मी बैंकले भाइबरमार्फत सेवा शुरु गर्यो

  • Technology Khabar | ११ पुष २०७४, मंगलवार
लक्ष्मी बैंकले भाइबरमार्फत सेवा शुरु गर्यो

काठमाडौं ।

काठमाडौं, ११ पुस । म्यासेजिङ्ग प्लेटफर्म– भाइबरमा लक्ष्मी बैंक हालै आबद्ध भएको छ । भाइबरको “लक्ष्मी बैंक पब्लिक एकाउन्ट” मा आबद्ध भएपछि विभिन्न बैंक सम्बन्धित सूचनाहरु सहज रुपमा तत्कालै प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

विशेषगरी लक्ष्मी बैंकका ग्राहकहरुले भाइबर सेवा अन्तर्गत आफ्नो खाताको विवरण, व्यालेन्स, मिनि स्टेटमेन्टलगायत अन्य थुप्रै अत्यावश्यक सूचनाहरु जस्तै बैंकका शाखाहरु, बैंकका एटिएमहरु कहाँ छन् भन्ने जानकारी, विदेशी मुद्राको विनिमय दर, जस्ता थुप्रै जानकारी प्राप्त गर्न सक्नेछन् ।

साथै यो सेवा बैंकको लक्ष्मी बैंक मोबाइलमनि को एक हिस्साका रुपमा उपलब्ध रहेको बैंकले उल्लेख गरेकोछ ।

प्रकाशित: ११ पुष २०७४, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...