लेनोभो लिजन वाई७०० २०२३ ट्याबलेटको प्रारम्भिक स्पेक्स सार्वजनिक

  • Technology Khabar | २९ असार २०८०, शुक्रबार
लेनोभो लिजन वाई७०० २०२३ ट्याबलेटको प्रारम्भिक स्पेक्स सार्वजनिक

काठमाडौं ।

लेनोभोको पहिलो गेमिङ्ग ट्याब्लेट गत वर्ष लिजन वाई७०० सँगै अनावरण गरिएको थियो भने अब यस गेमिङ्ग ट्याब्लेटको उत्तराधिकारीको पहिलो सेटको विवरणहरू उपलब्ध भएको छ।

लिजन वाई७०० २०२३ अस्थायी नाम दिइएको उक्त नयाँ गेमिङ्ग ट्याब्लेटमा अपडेटेड स्न्यापड्रागन ८ प्लस जेन १ चिपसेट र १६ जीबीसम्मको र्याम समावेश गरिने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

आगामी गेमिङ ट्याब्लेटमा यसको आफ्नो पूर्ववर्तीको जस्तै १,६००x२,५६० पिक्सेल रिजोल्युसन सहितको ८.८ इन्चको एलसीडी रहने भएतापनि यसमा भने १४४ हर्ज रिफ्रेस रेट रहने छ। साथै यसको पूर्ववर्तीमा १२० हर्जको रिफ्रेस रेट रहेको बताइएको छ।

त्यसैगरी डिभाइसमा ६,५५० एमएएच ब्याट्री र ४५ वाटको वायर्ड चार्जिङ समावेश गरिने बताइएको छ। साथै डिभाइसको फ्रन्ट फेसिङ्ग क्यामरा ८ मेगापिक्सेलको र रियर सुटर भने १३ मेगापिक्सेलको मोड्युल फिचर गरिने उल्लेख छ।

त्यसैगरी अन्य विवरणहरूमा थर्मलहरूलाई नियन्त्रणमा राख्न मद्दतको लागि एक्स– एक्सीस लिनियर मोटर, डुअल स्पिकर्स र ठूलो भीसी कुलिङ्ग प्लेट समावेश गरिएको उल्लेख छ।

प्रकाशित: २९ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार