शाओमीले आफैं विकास गरेको चिप्स र भेहिकल सिस्टम आर्किटेक्चरको साथ टेस्लालाई चुनौती दिने

  • Technology Khabar | २९ असार २०८०, शुक्रबार
शाओमीले आफैं विकास गरेको चिप्स र भेहिकल सिस्टम आर्किटेक्चरको साथ टेस्लालाई चुनौती दिने

काठमाडौं ।

फोसिल फ्यूलबाट चल्ने कारहरूलाई बिस्तारै विद्युतीय सवारीहरूले प्रतिस्थापन गरिरहेका छन्। साथै यस परिवर्तनले बजारमा प्रवेश गर्न र फक्सवागनजस्ता स्थापित अटोमेकरहरूलाई चुनौती दिनका लागि नयाँ अवसरहरू सिर्जना गरिरहेको छ।

यसै क्रममा नव प्रवेशीको रुपमा शाओमी पनि विद्युतीय सवारीको बजारमा आउन लागेको छ। केही समयदेखि कम्पनीले ईभीमा काम गरिरहेको र उक्त ईभी चाँडै नै लन्च हुने अपेक्षा गरिएको छ। पछिल्लो जानकारी अनुसार शाओमीको पहिलो कारमा स्व–विकसित चिप्स र एक अद्वितीय भेहिकल सिस्टम आर्किटेक्चर फिचर गरिने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

आफ्नो स्मार्टफोनहरुका लागि परिचित रहेको चिनियाँ टेक कम्पनी शाओमी अटोमोबाइल उद्योग सहित अन्य धेरै क्षेत्रमा पनि सक्रिय रहेको छ। आफ्नो सहायक कम्पनी शाओमी मोटर्समार्फत कम्पनीले केही समयदेखि विद्युतीय सवारी साधनको प्रविधिमा काम गरिरहेको उल्लेख छ। साथै शाओमीले आफ्नो आगामी ईभीहरुमा आफ्नै स्वामित्वको चिप्स र भेहिकल सिस्टम आर्किटेक्चर (सवारी साधन प्रणाली संरचना) प्रयोग गर्ने योजना गरिरहेको रिपोर्टहरू आएको छ।

यसको लागि सन् २०२१ को जुन महिनामा कम्पनीले एक अटोनोमस ड्राइभिङ कम्प्युटिङ चिप कम्पनी ‘ब्ल्याक सिसम टेक्नोलोजीमा’ लगानी गरेको बताइएको छ।

त्यसैगरी शाओमीले पावर ब्याट्रीहरु र स्वायत्त ड्राइभिङ क्षेत्रका अन्य धेरै कम्पनीहरूमा पनि लगानी गरेको छ। प्रोप्राइटरी चिप्स र भेहिकल सिस्टम आर्किटेक्चरको अवलम्बनले शाओमी मोटर्सलाई आफ्ना गाडीहरूको डिजाइन र कार्यसम्पादनमा थप नियन्त्रण दिन सक्ने छ। साथै यसले थप रुपमा राम्रो प्रदर्शन (बेटर पर्फमेन्स), सुधारिएको सुरक्षा (इम्प्रुभ्ड सेफ्टी) र (लोअर कस्ट) कम लागतको लागि नेतृत्व गर्न सक्ने बताइएको छ।

शाओमी मोटर्सले कथित रूपमा आफ्नै डेलिभरी केन्द्रहरू खोल्ने योजना पनि बनाएको उल्लेख छ। यसले कम्पनीलाई ग्राहक अनुभवलाई राम्रोसँग नियन्त्रण गर्न र थप सहज स्वामित्व अनुभव प्रदान गर्न अनुमति दिने बताइएको छ। प्रोप्राइटरी चिप्स, भेहिकल सिस्टम आर्किटेक्चर र डेडिकेटेड डेलिभरी केन्द्रहरूको संयोजनले शाओमी मोटर्सलाई विद्युतीय सवारीको बजारमा महत्त्वपूर्ण फाइदा दिन सक्ने छ।

प्रकाशित: २९ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bagamati Province allocates budget for journalists’ engagement in SSF

  • Technology Khabar
  • २९ असार २०८०, शुक्रबार