
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले दक्षिण कोरियाका साना कम्पनीहरूसँग आफ्नो रोयल्टी–फ्रि टेक्नोलोजी पेटेन्टहरू निःशुल्क साझेदारी गर्ने योजना बनाएको छ।
दक्षिण कोरियाको उद्योग मन्त्रालयकाअनुसार यो कदम साझा वृद्धिलाई प्रोत्साहित गर्ने उद्देश्यले गरिएको हो। साना फर्महरूले विभिन्न क्षेत्रहरूमा फैलिएको सामसङको रोयल्टी–फ्रि १२३ प्याटेन्ट टेक्नोलोजीहरू प्रयोग गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
१२३ पेटेन्टहरू सेमीकन्डक्टर्स, डिस्प्ले, मोबाइल डिभाइसेज र एलाईड एस्पेक्ट्ससँग सम्बन्धित रहेको उल्लेख छ। यस कदमले साना फर्महरूलाई आफ्ना उत्पादनहरूको विकासमा यी प्रविधिहरू प्रयोग गर्न अनुमति दिने बताइएको छ।
व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयको रिपोर्ट अनुसार दक्षिण कोरियाका ८६ ओटा साना फर्महरू सामसङ पहलबाट लाभान्वित हुने उल्लेख गरिएको छ। साथै यो २०१३ देखिको सरकारी संचालित प्राविधिक साझेदारी कार्यक्रमको अंश भएको बताइएको छ।
त्यसैगरी ३३ ओटा भन्दा बढी दक्षिण कोरियाली समूह र सरकारी कम्पनीहरूले १,४१६ साना कम्पनीहरूसँग २,९७९ प्याटेन्टहरू साझेदारी गरेका छन्। सन् २०१५ मा सामसङ यस कार्यक्रममा सामेल भएदेखि कम्पनीले ५८८ साना कम्पनीहरूसँग १,०८२ प्याटेन्टहरू साझेदारी गरेको छ।
सामसङले हालै दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालय र कोरिया इन्स्टिच्युट फर एडभान्समेन्ट अफ टेक्नोलोजीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। साथै उक्त सम्झौता पत्रले टेक्नोलोजी साझेदारी मार्फत इन्डस्ट्री इकोसिस्टमको लागि ‘विन–विन’ सिनारियोको प्रवर्द्धन गर्न खोजेको उल्लेख गरिएको छ।
यस कार्यक्रमले साना कम्पनीहरूलाई आफ्नो प्रविधिको प्रतिस्पर्धात्मकता अपग्रेड गर्ने अवसर दिने भनी सामसङले बताएको छ।
प्रकाशित: २९ असार २०८०, शुक्रबार