सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने सात जना पक्राउ

  • Technology Khabar | २८ असार २०८०, बिहीबार
सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने सात जना पक्राउ
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। झापा बिर्तामोड नगरपालिका–५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

उदयपुर कटारी नगरपालिका–४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी गर्दै ठगेको प्रहरी अनुसन्धानमा खुलेको छ। उनीहरुले ती महिलाई सामान र अमेरिकी डलर ७० हजार पठाइदिएको छु भन्दै त्यसको ट्याक्स बापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले जानकारी दिको छ। उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको हो । साथै उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ।

उनीहरु उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठीत अपराध सम्बन्धी कसूरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित: २८ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

CNIYEF successfully concludes its 8th Annual General Meeting

  • Technology Khabar
  • २८ असार २०८०, बिहीबार