वैज्ञानिकले पत्ता लगाए ऐना जस्तो ग्रह! धातुको बादलले आफ्नो सूर्यको ८० प्रतिशत प्रकाश फिर्ता पठाउँछ

  • Technology Khabar | २७ असार २०८०, बुधबार
वैज्ञानिकले पत्ता लगाए ऐना जस्तो ग्रह!  धातुको बादलले आफ्नो सूर्यको ८० प्रतिशत प्रकाश फिर्ता पठाउँछ

काठमाडौं ।

वैज्ञानिकहरूले हाम्रो सौर्यमण्डल बाहिर देखिने सबैभन्दा प्रतिबिम्बित ग्रह पत्ता लगाएका छन्। युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) को चप्स (CHEOPS) स्पेस टेलिस्कोपले यसको बारेमा जानकारी सङ्कलन गरेको छ। यस टेलिस्कोपको पूरा नाम ‘क्याराक्टराइजिङ्ग एक्सोप्लाेन्टस स्याटेलाइट (Caracterizing Exoplanets Satellite)’ हो।

टेलिस्कोपको अवलोकनले यो अनौठो ग्रह हाम्रो पृथ्वीबाट २६० प्रकाश वर्षभन्दा टाढा रहेको र यसमा परेको ८० प्रतिशत प्रकाशलाई प्रतिबिम्बित गर्ने बताउँछ। यसको तुलनामा, पृथ्वीले सूर्यको प्रकाशको ३० प्रतिशत मात्र प्रतिबिम्बित गर्न सक्छ।

ईएसए रिपोर्टकाअनुसार ग्रहको यो विशेषताले यसलाई शुक्रजस्तो पहिलो चम्किलो एक्सोप्लानेट बनाउँछ। हाम्रो सूर्य बाहेक अन्य तारा वरिपरि घुम्ने ग्रहहरूलाई एक्सोप्लानेट्स भनिन्छ।

यस ग्रहलाई एलटीटी९७७९बी (LTT9779b)नाम दिइएको छ, जसको आकार नेप्च्युन बराबर छ। यो पहिलो पटक सन् २०२० मा पत्ता लागेको थियो। विशेष कुरा यो हो कि यो ग्रहले आफ्नो सूर्यको वरिपरि केवल १९ घण्टामा नै परिक्रमा गर्छ। सूर्यको यति नजिक भएकोले एलटीटी९७७९बीको सूर्यलाई सामना गर्ने भागको तापक्रम २ हजार डिग्री सेल्सियस रहेको अनुसन्धानकर्ताहरुको भनाई छ।

यो अध्ययन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स जर्नलमा प्रकाशित भएको छ। अध्ययनका सह-लेखक भिभियन पार्मेन्टियरले एक विज्ञप्तिमा भनेका छन् कि यस ग्रहमा बादलहरू त्यसरी नै बन्छन् जसरी तातो पानीमा नुहाउँदा बाथरुममा बाफ बन्छ। तर यस ग्रहमा बादल पनि धातुबाट बनेको हुन्छ र टाइटेनियम वर्षाको थोपामा पनि हुन्छ।

यो ग्रह हाम्रो पृथ्वी भन्दा ५ गुणा ठुलो छ र यसको क्षेत्रफललाई ‘नेप्च्युन डेजर्ट’ भनिन्छ। यसको मतलब त्यो क्षेत्रमा यस आकारको कुनै ग्रहहरू छैनन्। अनुसन्धानकर्ताहरूको भनाईअनुसार यस्ता ग्रहहरूको वायुमण्डल तिनीहरूको सूर्यले नष्ट गर्छन्।

तर सो ग्रहमा बन्ने धातुको बादलले यसको लागि ‘शिशा वा ऐना’ को रूपमा काम गर्दछ र ग्रहमा ताराबाट आउने ८० प्रतिशत प्रकाश प्रतिबिम्बित गर्दछ। जसका कारण यस ग्रहको वायुमण्डल बचेको छ।

प्रकाशित: २७ असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार